मुख्य समाचार

दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, कुल ७१ प्रतिशत मत खसेको आयोगको भनाई

By थाहा अनलाइन

June 29, 2017

असार ,१५

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कुल ७१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।  बुधबार साँझ निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त अयोधीिप्रसाद यादवले ७० दशमलव ५ प्रतिशत मत खसेको जनाकारी दिए। पूर्ण विवरण आउनेक्रम रहेकाले उनले यो प्रतिशत अझै बढ्ने बताए। आयोगका अनुसार सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको भनाई छ । आयोगले केही स्थानमा सामान्य झडपका घटना भएपनि अधिकांश क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको बताए ।