मुख्य समाचार

दाङमा एक युवामाथी सांघातिक आक्रमण

By थाहा अनलाइन

May 18, 2018

सैघाली खबर, घोराही ४ जेठ।

दाङमा एक युवामाथी सांघातिक आक्रमण भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा युवाहरूको समूहले स्थानीय युवा चिरण के।सीमाथी सांघातिक आक्रमण गरेका हुन् । विहीवार राति नारायणपुरमा सुदन केसी लगायतको समूहले आक्रमण गरेको हो । केसी एमालेका घोराही उपमहानगरपालिका सचिव हुन् । सुनुयोजीत रूपमा केसीमाथी सुदन केसी, सुशील निउरे, धनु पौडेल लगायतका युवाहरूले ज्यान मार्ने उद्धेश्यले आक्रमण गरेको केसीको।परिवारका सदस्यले बताएका छन् । आफन्तको घरबाट फर्कने क्रममा केसीमाथी ज्यान मार्ने उद्धेश्यले एक्कासी आक्रमण गरेको परिवारको भनाई छ । ईलाका प्रहरी कार्यालय नारायणपुरले भने चिरण सवारी दुर्घटनामा परेको र सोही क्रममा भनाभन हुदाँ हात हालाहाल भएको बताएको छ ।