भाडाँवाला गाडीमा स्थानीय सरकार



‘गाडी तानातान’

गिरिराज नेपाली
दाङ, ४ जेठ । स्थानीय तहहरुले दश महिना यात्रा पार गरी एघारौ महिनामा प्रवेश गर्दैछ । बितेको दश महिनाको अवधिमा स्थानीय तहहरुले तत्कालका लागि पाउनुपर्ने काम–कर्तव्य र अधिकार सवै पाइसकेका छन । तर पूर्ण सेवा उपभोगको अधिकार अझै पाएको छैन । करिव वर्षदिन बितिसक्दा सम्म पनि गाउँपालिकाहरुमा सरकारी सवारी साधनको व्यवस्था हुन नसक्दा भाडाँमा सवारी सञ्चालन गर्नुपर्ने वाध्यता छ । जसले गर्दा स्थानीय सरकारको आर्थिक व्यवभार महिनैपिच्छे थपिदैै गइरहेको छ । भने भाडाँमा लिएको सवारी साधन पनि पर्याप्त हुन नसक्दा स्थानीय सरकार भित्रै गाडी तानातानको स्थिति देखिएको छ ।

गाउँपालिका भित्रै एउटा मोटरसाइकल वाहेक अन्य ठूला सवारी साधन नभएकाले भाडाँमा लिएको सवारी साधन पनि मिलिजुली सवार गर्नुपर्ने वाध्यता रहेका बबई गाँउपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनुभयो । जसले गर्दा स्थानीय तहमा सवारी को अभाव र समस्या चुलिदै गइरहेको उहाँको भनाई छ । राज्यले सवारी साधनको व्यवस्थापनका लागि कुनै निकास दिन स्थानीय सरकार भाडाँकै गाडीमा चल्नुपर्ने वाध्य भएको पौडेलले बताउनुभयो । गत साउन देखी नै मासिक एक लाख ३५ हजारका दरले गाडी भाडाँमा लिइ उपयोग गर्दै आइरहेको उहाँले बताउनुभयो । गाउँपालिकाको आफ्नो गाडी नहुदा आपतकालिन समयमा बैठक, विपत क्षेत्र , सभा सम्मेलन जस्ता काममा तत्काल उपस्थित हुन नसकिने उहाँले बताउनुभयो । जसले गर्दा कहिले मोटरसाइकल र (लिफ्ट) लिनुपर्ने वाध्यता पनि रहेका उहाँले बताउनुभयो ।

सरकारी सवारी साधनको उपलब्ध हुन नसक्दा पालिकाको आन्तरिक राजस्वको रकम पनि गाडीभाडाँ जाने गरेको उहाँले बताउनुभयो । जसले गर्दा केही राजस्वको पैसा भाडाँमै खर्च हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘उपमहानगर र नगरपालिकाहरुमा सवारी व्यवस्था पर्याप्त छ । तर गाउँपालिकाहरुमा त्यो व्यवस्था छैन । ’ जसले गर्दा गाउँपालिकाहरु भाडाँमै सिमित हुनुपरेको उहाँको भनाई छ ।

त्यस्तै शान्तीनगर गाउँपालिका प्रमुख कमानसिंह डाँगीले पनि मासिक ८० हजार रुपैयाँ भाडाँ तिरेर नीजि सवारी साधन उपयोग गर्दै आइरहनुभएको छ । राज्यले सवारी साधनको व्यवस्था गर्न नसक्दा गाउँपालिकोका आन्तरिक वाटै भाडाँ तिरेर सवारी साधनको उपयोग गरीरहेको बताउनुभयो । सरकारी कार्यालयमा नीजि सवारी साधन गुडाउनुपर्ने वाध्यताले महिनैपिच्छे आर्थिक व्ययभार बढाउदै लग्ने गरेको छ भने केही असहजताको स्थिति देखिने गरेको पनि उहाँले बताउनुभयो । उहाँले थप्नुभयो – ‘ नीजि गाडीले भने अनुरुपको पैसा तिर्नुपर्ने वाध्यता छ । गाडी भनेको बेलामा कहिले आउछ कहिले आउदैनन । कतिपय बेला महत्वपूर्ण मिटिङमा समयमै पुग्न नसकिने उहाँले बताउनुभयो ।

दगिशरण गाउँपालिका प्रमुख भागिराम चौधरीले पनि दैनिक चार हजार ७ सय रुपैयाँ भाडाँमा गाउँपालिकाले सञ्चालन गरीरहेका बताउनुभयो । गाउँपालिका भित्रै पनि धेरै ठाँउ जानुपर्ने , कहिले टाढा सम्म पनि पुग्नुपर्ने भएकाले दैनिक भाडाँदरमा सम्झौता गरी सञ्चालन गरीरहेका उहाँले बताउनुभयो । जसले गर्दा केही सहज भए पनि सरकारी सवारी साधन जस्तो सजिलो अझै नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ तर सजिर्ल तरिकाले सञ्चालन गरीरहेको छौं । ’ उपप्रमुख जानुपर्ने भए उहाँले लैजानुहुन्छ । मैले लग्नुपर्ने आवश्यक देखिए आफै लैजान्छु । ’ गाडीकै लागि हानथाप देखिएको छैन ।

बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त वहादुर वंलीले पनि दैनिक ३ हजार रुपैयाँ भाडाँ तिरी नीजि सवारी साधनको प्रयोग गरीरहनुभएको छ । भने राजपुर गाँउपालिकाका अध्यक्ष लोकराज केसीले मासिक ७५ हजार रुपैयाँ भाडाँ तिरे सवारी साधन भाडाँमा लिएको बताउनुभयो ।
जिल्लाका दश स्थानीय तह मध्ये दुई उपमहानगरपालिका र दुई गाउँपालिका र १ नगरपालिका गरी पाँच स्थानीय तहमा सरकारी सवारी साधन रहे पनि विकट क्षेत्रका पाँच गाउँपालिकहरु सवारी साधनहरु अझै उपलब्ध हुन सकेका छैनन । जसले गर्दा पाँच गाउँपालिकाहरु भाडाँको सवारी साधनमै निर्भर हुुनुपरेको छ । सरकारी सवारी साधन व्यवस्था हुन नसक्दा भाडाँ संगै ईन्धन खर्च पनि गाउँपालिका आफै व्यहोर्दै आइरहेका छन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्