जनप्रतिनिधिहरु लाई सहकारी तालिम



दाङमा ६ सय ३५ सहकारी हस्तान्तरण गरिदै
सैघाली खबर
दाङ , ४ जेठ । संघीय संरचनाका आधारमा सहकारी सञ्चालनको अधिकार स्थानीय र प्रदेश तहमा पुगे संगै स्थानीय तहका प्रमुख तथा उपप्रमुख एंव अधिकृतहरु लाई सहकारी सञ्चालन कार्यविधि तथा व्यवस्थापनका लागि दुईदिने अभिमुखीकरण तालिम शुक्रवार देखी शुरु भएको छ । डिभिजन कार्यालय दाङका प्रमुख विनोद कुमार पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको प्रमुख आतिथ्यतामा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले सहकारी विकासले मुलुकको अर्थतन्त्रलाई समृद्धि बनाउने सक्ने भन्दै सहकारी विकास र संरक्षणमा राज्यको दायित्व पनि उत्तिकै रहेको बताउनुभयो । मुलुकको अर्थतन्त्र तीन खप्बे अर्थनीतिमा आधारित रहेकाले सहकारी, नीति र सहकारी क्षेत्र मुलुक निर्माणको साझेदारी रहेका बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्मा लगाएतका बोल्नुभएको थियो । सोही अबसरमा जिल्ला दश स्थानीय तहमा रहेका सहकारीको अभिलेख सम्वन्धी स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु लाई हस्तान्तरण गरिएको थियो ।

त्यस्तै सहकारी डिभिजन कार्यालय दाङले जिल्ला दश वटा स्थानीय तह र प्रदेशमा गरी दाङमा ६ सय ३५ सहकारी हस्तान्तरण गर्ने भएको छ । जसमा स्थानीय तह मध्ये पाँच सय ४३ र प्रदेश तर्फ ९२ वटा सहकारी हस्तान्तरण गरिने तयारीमा रहेका डिभिजन सहकारी दाङका प्रमुख विनोद कुमार पौडेलले बताउनुभयो ।

घोराही उपमहानगरपालिकामा १ सय ८९ , प्रदेश तर्फ २७ , तुलसीपुर उपमहानगरपालिका १ सय ६० र प्रदेश तर्फ १३, लमही नगरपालिकामा ४१ र प्रदेशमा २१ , बंगलाचुली गाँउपालिका २० र प्रदेशमा ५ , राप्ती गाउाँलिका २६ र प्रदेश तर्फ १० , गढवा गाउँपालिकामा ४१ र प्रदेशमा ५ , राजपुर गाउँपालिकामा १० र प्रदेशमा २ , दंगिशरण गाउँपालिकामा २२ र प्रदेशमा ४ , बबई गाँउपालिकामा १२ र प्रदेशमा ४ र शान्तीनगर गाउँपालिकामा २२ र प्रदेशमा १ गरी सम्वन्धीत तह ÷तहमा सहकारीहरुको अधिकार सम्पीने भएको छ । सहकारी विभागका अधिकृत लीला बल्लभ चापागाईको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको कमल पोख्रेलले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्