सरकार आफैले मानब अधिकार हनन पाइन्छ ?: सहभागीहरु



काठ्माण्डौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले लोकतन्त्र भनिएपनि सरकार आफैले मानव अधिकार हनन गरेको दावी गरेका छन् । जनअधिकार अभियान नेपालले आयोजना गरेको वर्तमान राजनीति र मानव अधिकार विषयक अन्तरकृया कार्यक्रमका वक्ताहरुले यस्तो दावी गरेका हुन् ।

वरिष्ठ अधिवक्ता कपील श्रेष्ठले सानो फुच्चे र ठूलोको मानव अधिकार बराबर भएको धारणा राखे ।

नेपाल कम्युनिष्ट पार्टीका नेता रिषी कट्टेलले सत्ता जस्तै मानव अधिकारपनि वर्गीय भएको धारणा राख्दै संसदीय सत्ताले आफूहरुले उठाएको रास्टिय स्वाधिनताको कुरामाथी दमन गरेको दावी गरे । उनले स्वाधिनता र जनतन्त्रकालागि अब प्रतिरोधात्मक संघर्ष अनिवार्य भएको बताए । उनले सरकारतीर औंल्याउदै प्रश्न गरे “तिम्ले अरुण तेश्रो बेच्न हुने हामीले बेच्न पाइदैन भन्न किन नपाइने ?”

कार्यक्रममा हिजोमात्र एकिकरण भएका नेपाल कम्ुयनिष्ट पार्टी अन्डरलाइनका नेता झक्कु सुबेदीले सेना र हतियार लिएर मोदी नेपाल आउनु गलत एको भन्दै आफूहरु सधैं रास्टिय स्वाधिनताको पक्षमा रहेको बताए । सोही पार्टीका अर्का नेता ठाकुर गैरेले सरकारले सधैं मानव अधिकारको पक्षमा काम गर्ने दावी गरे ।

काँग्रेसका पुष्पा भुशाालले सरकार मानव अधिकारको रक्षाकोलागि सधैं सचेत रहनुपर्ने कुरा राखिन ।

बैद्य माओवादीका दिनेस शर्माले मजदुरमाथी लगाइएको नो ओर्क नो पे को नीति गलत भएको भन्दै बहुमतको नाममा क्रान्तिकारीहरुमाथी दमन गर्नु सरकारको गलत नीति भएको धारणाा राखे ।

नेकपाका नेता पदम राइले लिपु र अरुण हाम्रो बेच्न पाइन्न भन्दा हामीलाई दमन गर्ने सरकार दलाल भएको ठोकुवा गरे । उनले भने नेपाललाई ६० अरब ठग्ने एनेसेललाई कारवाही गर्न नसक्ने हामीमाथी दमन गर्न दलाली नै हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्