बाढीका कारण चीनमा मर्नेको संख्या ८ पुग्यो ,युगाण्डामा एक लाख ५० हजार विस्थापित



४ जेठ

अत्याधिक बर्षाका कारण चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा आठ जनाको मृत्यु भएको छ भने पूर्बी युगाण्डामा एक लाख ५० हजार भन्दा बढी विस्थापित भएका छन् ।

चीनको दिङसी र लोङगान सहरमा गत बुधबार आएको बर्षाका कारण मृत्यु हुनेहरुको संख्या आठ पुगेको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

सो बर्षाले तीन हजार ६९० हेक्टर क्षेत्रफलमा रहेको बालीनाली समेत नष्ट पारेको समाचारमा जनाइएको छ ।

त्यसैगरी युगाण्डामा भइरहेको अत्यधिक बर्षाका कारण डेढ लाख व्यक्ति घरबार बिहीन भएको सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् ।

घरबारविहीन भएकाहरूलाई सुरक्षित ठाउँमा रहेका विद्यालय र चर्चहरुमा राखिएको छ भने उनीहरू अझै त्रसित अवस्थामा रहेका छन् ।

धेरै जना घरबार बिहीन भएको माउन्टेन इल्गोन क्षेत्रमा हरेक बर्ष यस्ता बाढी पहिरोका घटनाहरू हुने गरेका छन् ।  सिन्ह्वा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्