लघुबित्तले दिलाएको सफलता



सैघाली खबर
दाङ,५ जेठ

दाङ लालमटीयाका दुर्गा शार्कीले कुनै समय गिट्टी कुटेर जीवन निर्बाह गरिरहेका थिईन् । उनीसंग घरको नाममा एउटा सानो झुप्रो थियो । तर अहिले उनीसंग पक्कि घर छ । करोडौंको मालिक बन्न सफल भएकी छिन् । समय परिबर्तनशील छ्, समयको महत्वलाई बुझेर अगाडि बढ्ने हो भने आफ्नो जीवनलाई परिबर्तन गर्न कुनै गाह्रो छैन्, भन्ने एउटा गतिलो उहादरण बनेकी छिन्, उनी । ग्रामिण महिला उत्थान केन्द्रबाट ऋण लिएर बंगुर पालन शुरु गरे पछि उनको आम्दानीको स्रोत बढ्यो । अहिले उनले ६० वटा बंगुर पालन गरेकी छिन् । बंगुरपालनबाट राम्रो आम्दानी भएपछि अहिले उनले पक्की घर हाल्न पनि सफ भईन् ।

त्यस्तै सतवरियाकी गीता चौधरीसंग माईतीले दशै तिहारमा टिका लगाएर दिएको एक हजार पाच सय रुपैँया मात्रै थियो । त्यो बाहेक आम्दानीको कुनै स्रोत थिएन् । घरको आर्थिक स्थिति पनि कम्जोर थियो । त्यसपछि उनले लघुबित्तको सहयोग लिएर ब्यबसाय शुरु गर्न सकिन्छ भन्ने सल्लाह पाएपछि उनले लघुबित्त तर्फ आर्कषित भईन् । उनले शुरुमा त्यही एक हजार पाँच सयबाट घरमा दैनिक चाहिने सलाई,साबुन, कपी, कलमलगायतको ब्यबसाय शुरु गरिन् । त्यसबाट केही आम्दानी हुन थालेपछि उनले ग्रामिण लघुबित्तसंग २० हजार ऋण लिएर ब्यबसायलाई बृद्धि गरिन् । यसरी संघर्ष गरेर शुरु गरेको ब्यबसायबाट अहिले उनले मनग्य आम्दानी गर्न सफल भएकी छिन् ।

त्यस्तै तुलसीपुरकी कमला भण्डारीले पनि ग्रामिण लघुबित्तबाट २० हजार रुपैँया ऋण लिएर शुरु गरेको कुखुरा पालन पेशाले अहिले मनग्य आम्दानी गर्न सफल भएकी छिन् । एक सय वटा लेस कुखुराबाट ब्यबसाय शुरु गरेकी उनले अहिले ६ सय कुखुरा पालन गरिरहेका छन् । त्यसबाट मासिक ५०÷६० हजार भन्दा बढी आम्दानी गर्ने गरेको बताउँछिन् । अहिले शहर तथा ग्रामिण क्षेत्रमा लघुबित्त संस्था मार्फत राम्रो आम्दानी गरिरहेका छन् । सानो सानो पुँजी संकलन गरेर शुरु गरेका ब्यबसायीले मनग्य आम्दानी गर्न सफल भएका थुप्रै उदाहरणहरु छन् । लघुबित्त संस्थाले ब्यबसाय सञ्चालनका लागि ऋण प्रदान गर्नुका साथै आबश्यक तालिमहरु पनि दिने गरेका छन् । जसले गर्दा लघुबित्तको सहयोगमा मनग्य आम्दानी गर्न सकिएको ग्रामिण महिला अत्थान केन्द्रकी अध्यक्ष आसमनी चौधरीले बताईन् । पछिल्लो समय लघुबित्त मार्फत महिलाहरु उद्यम तिर लागेको उनले बताईन् ।

यसैबीच ग्रामिण महिला उत्थान केन्द्र तुलसीपुरमा केन्द्र प्रमुखहरुसंग बार्षिक समिक्षा गोष्ठि गरिएको छ । केन्द्र तुलसीपुरका प्रमुख राजनमनी परियारको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष आसमनी चौधरीको प्रमुख आतिथ्य एबं प्रदेशसभा सदस्य धमकली चौधरीको बिशिष्ट आतिथ्यमा शुक्रबार कार्यक्रम भएको हो । त्यस अबशरमा बक्ताहरुले लघुबित कार्यक्रमले गर्दा नै महिला तथा ग्रामिण क्षेत्रका नागरिकहरुको जीवनस्तर उकास्न मदत पुगेको बताएका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ की सदस्य यमुना परियार, केन्द्रका निर्देशक सौगात चौधरी, तुलसीपुर ११ का वडासदस्य खिमा बिक, पत्रकार प्रेम बहादुर राम्जालगायतले मन्तब्य ब्यक्त गरेका थिए । त्यस अबसरमार उत्कृष्ट काम गर्ने केन्द्र, जनप्रतिनिधि, नमूना, अनुसासित समुहलाई सम्मान तथा पुरस्कृत पनि गरिएको थियो । कार्यक्रमको सहजीकरण कालिदास चौधरीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्