जनयुद्दको उद्गम रोल्पामा प्रभु मण्डलीहरुको मनपरी : बाम-सरकार किन मौन ?



रोल्पा – गाउँमा विद्यालय भवन अभावमा विद्यार्थी धुले कोठमा पढ्न बाध्य छन् । अझ साना साना नानीसमेत धूलैधूलोले ढाकिएको कोठामा लेखपढ गर्दै आएका छन् ।

तर, विद्यालय छेउमा भने लाखौंको लगानीमा प्रभुका नाममा भजन मण्डली बनाइएका छन् ।

पक्की संरचनाका यी भजन मण्डली भवनका बारे कतै सोधखोज गरिएको छैन । आजको नागरिकले पृष्ठ ३ मा यो समाचार छापेको छ ।

देश धर्मनिरपेक्ष भएसँगै मौलाउन थालेको प्रभु अनुयायीहरुको आर्थिक चलखेलको लेखाजोखा गर्ने कुनै पनि निकाय सक्रिय देखिँदैन ।

उनीहरुको जीवनशैलीमा आएको अचाक्ली परिवर्तन, अप्रत्याशित आयवृद्धिका बारेमा चासो नलिने सम्बद्ध सरकारी निकाय प्रभुका नाममा गरिने आर्थिक कारोबारको लेखापरीक्षण र सार्वजनिक महत्वका ठाउँमा बनाइएका प्रभु भवन निर्माणको कानुनी स्थितिबारे जाँच गरेका छैनन् ।

अहिले रोल्पा जिल्लामा विभिन्न नाम गरेका करिब पाँच दर्जन प्रभुगृह बनेका छन् ।  कुनै समय मन्दिरको तथ्यांक राख्ने जिल्ला प्रशासन कार्यालयसँग ती भवनको वैधानिकताबारे जानकारी छैन ।

तन्त्रमन्त्रको प्रयोग गरेर झारफुक गर्ने र रोगीको उपचार गर्ने धामी झाँक्री हराउँदै गएका बेला प्रार्थनाबाट चमत्कारिक ढंगले जस्तोसुकै रोगव्याध बिसेक हुने विश्वास दिलाउन प्रभु यसुका अनुयायीको संख्या बढोत्तरी भएको छ । उनीहरुका प्रर्थनास्थल चर्च वा भजन मण्डली जिल्लाान बग्रेल्ती छन् । रातोपाटी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्