तुलसीपुरमा ट्राफिक सचेतना



सैघाली खबर,
तुलसीपुर ५ जेठ ।
तुलसीपुरमा ट्राफिक सचेतना कार्यक्रम भएको छ । तुलसीपुर नगर जेसिजको आयोजनाको सप्ताहब्यापी कार्यक्रम अन्तरगत शुक्रबार बिद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम भएको हो । तुलसीपुर क्षेत्रमा ट्राफिक नियमका बारेमा जानकारी नहुँदा सवारी दुर्घटना बढेको भन्दै सचेतना कार्यक्रम भएको हो । तुलसीपुर नगर जेसिजका अध्यक्ष दिपेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख विवेक महराले ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिएका थिए । सचेतना कार्यक्रममा तुलसीपुरको ग्रेट अरणीको, गोरखा, डिभाईन ट्याम्पल, एभरेष्ट एकाडेमीलगायत बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । यसैबीच मंगलबार ज्ञान ज्योती प्राबिमा शिक्षक हस्तान्तरण गरिएको थियो । त्यस अबशरमा कार्यक्रम संयोजक मान बहादुर बस्नेतले कार्यक्रमको महत्वमाथि जानकारी दिएका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्