गोजुरियो कराँते संघ गठन



सैघाली खबर,
तुलसीपुर ५ जेठ ।
दाङमा गोजुरियो कराँते दो युजेनकाई संघ गठन गरिएको छ । केशबराज बिकको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा अतुल कुँवर, दिवाकर बागचन्द, सचिबमा होमराज परियार, सहसचिबमा निशाना रोका मगर, कोषाध्यक्षमा घनश्याम गिरी रहेका छन् ।
जिल्ला खेलकूद बिकास समिति दाङका अध्यक्ष डिल्ली बहादुर डाँगीको प्रमुख आतिथ्य एबं कराँतेका केन्द्रीय उपाध्यक्ष आरसी सुवेदीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अबशरमा केन्द्रीय सदस्य उमा शंकर घिमिरे, बिशिष्ट प्रशिक्षक नबराज रोकालगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण कराँतेका प्रशिक्षक सञ्देश बिकले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्