सैघाली खबर,
रुकुम ५ जेठ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं। १ पन्चासे भन्ने स्थानमा गए राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटना परि अन्य १४ जना घाइते भएका छन् । ज्यान जानेमा ट्याक्टरमा सवार दाङ तुलसीपुर वडा नं। १० निवासी अन्दाजी ४० वर्षीय गणेश भण्डारी र सोहि वडाका अन्दाजी ३२ वर्षीय चूडामणि चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनु भएको छ।
मध्यपहाडी लोकमार्गमा काम गर्ने मजदुरलाई लिएर गाउँ फर्कने क्रममा गए राति रा १ त २२६१ नंम्वरको ट्याक्टर पन्चासे भन्ने स्थानमा ट्र्याक्टरको ट्रली ९पछाडिको भाग० सडकबाट चिप्लिदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।