मुख्य समाचार

कुन प्रदेशमा कति ठाउँमा सुरु भयो मतगणना

By थाहा अनलाइन

June 29, 2017

असार ,१५

 

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको बिहीबार धेरै ठाउँमा मतगणना सुरु भएको छ। निर्वाचन आयोगले धेरैजसो मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयसम्म ढुवानी भइसकेको र कतिपय स्थानमा गणना भइसकेको जानकारी दिएको छ। आयोगका अनुसार प्रदेश नम्बर १ का २९ तहको गणना सुरु भएको छ। प्रदेश नम्बर ५ मा १७ स्थानीय तहको गणना सुरु भएको छ। प्रदेश नम्बर ७ का २६ स्थानीय तहमा मतगणना भइरहेको छ भने तीन ठाउँको मत परिणाम नै सार्वजनिक भएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। त्यस्तै प्रदेश नम्बर ५ का सबै ९०९ वटै मतपेटिका ढुवानी भइसकेको छ। प्रदेश नम्बर १ को ३७ सय ७ मध्ये ३६ सय ४७ मतपेटिका ढुवानी भइसकेको छ। प्रदेश नम्बर ७ को १ हजार ७३ मतपेटिका ढुवानी भएको छ भने ३६ वटा बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।