ॐ संगीत कला केन्द्रद्धारा संञ्चालीत संगीत अभ्यास केन्द्र घोराही दाङको उद्धघाटन



अमिता चौधरी घोराही ५ जेठ।

मान्छेको जिबन नै संगीतबाट शुरु हुने र संगीतमै अन्त्य हुने आज कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।
ॐ संगीत कला केन्द्रद्धारा संञ्चालीत संगीत अभ्यास केन्द्र घोराही दाङको उद्धघाटन सत्रमा बोल्ने अधिकांश बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन्।
ॐ संगीत कला केन्द्रका अध्यक्ष राजेश क्षेत्रीका अध्यक्षता तथा बरिष्ठ संगीतकार गोबिन्दराज श्रेष्ठको प्रमुख आतिथ्य एंव कलाप्रेमी तथा युवा नेता बलिभद्र राना र बरिष्ठ कलाकार मथुराप्रसाद श्रेष्ठको बिशिष्ट आथिथ्यमा आज घोराहीमा ॐ संगीत कला केन्द्रको उद्धघाटन गरिएको छ।

गायिका कमला लम्साल भारतिको स्वागत मन्तब्यवाट शुरुभएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरिष्ठ संगीतकार गोबिन्दराज श्रेष्ठले मानिस जन्मेदेखी मृत्यु हुदासम्म पनि संगीतमै रहने हुदा कुनैपनि ब्यक्ति संगीत बाट टाढा नहुने बताउनुभयो । साथै कार्यक्रममा बोल्दै श्रेष्ठले संगीतले मानिसमा एकता सिर्जना गर्ने हुदापनि संगीतलाई सबैले माया गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ कलाकार मथुराप्रसाद श्रेष्ठ,कलाप्रेमी तथा युवा नेता बलिभद्र राना,राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठानका सल्लाहाकार गिरिराज सुबेदी,राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठानका अध्यक्ष प्रेम शर्मा,पत्रकार तथा गायक देबेन्द्र बस्नेत लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

ॐ संगीत कला केन्द्रले बिभिन्न किसीमका बाजाहरु सिकाउनुका साथै भोकल सम्बन्धी पनि क्लास दिने ब्यवस्था रहेको बछ ।

यसैगरी कला केन्द्रमा गित रेर्कर्डिङका साथै म्युजिक भिडियो,डकुमेन्ट्री तथा जिंगलपनि तयार गरिने ॐ संगीत कला केन्द्रका पवन रिजालले जानकारी गराउनुभएको थियो भने कला केन्द्रमा बिबाह तथा कुनैपनि पार्टी उत्सबका लागी आफुहरु कहाँ पञ्चे बाजाका साथै बिभिन्न बाजाहरु पनि उपलब्ध हुने ब्यवस्था रहेको बताउदै कला केन्द्र घोराहीमा खोलिनुको उद्धेश्यबारेमा ॐ संगीत कला केन्द्रका पवन रिजालले प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकराण कला केन्द्रका राजेन्द्र दाहालले गर्नुभएको थियो । ॐ संगीत कला केन्द्र लमही पश्चात बिधिवत दर्ता गरेरै शाखाको रुपमा घोराहीमा खोलिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्