मोवाइल तथा ईलेकटीक व्यवसायी झाडु लाउदै



गोविन्द खड्का
घोराही, ५ जेष्ठ
घोराहीका मोवाईल तथा ईलेकट्रीक व्यवसायीहरुले शनिवार बिहान घन्टौ“ लाएर उपक्षेत्रीय अस्पताल परिसर सफाइ गरेका छन् । मोर्वाल तथा ईलेक्टीक व्यवसायी सघ दाङका अध्यक्ष दिपक पाण्डेयको नेतृत्वमा स्वाथ्यका लागि सरसफाइ नाराका साथ अभियान चलाईएको थियो ।
पन्जा, बुरुष, झाडु, हर्पिक सहित पुगेका मास्कलाएका व्यवसायीले मुख्य गेटबाट बढार्न शुरु गरेका थिए । घास फाल्ने, लगाएतका काम गरेका थिए । अस्पताल भित्रका शौचालयहरु पनि सफा गरेका थिए । संघका उपाध्यक्ष शालिकराम खनाल, सचिव शेष नारायण शर्मा, कोषाध्यक्ष शरद केसी र सहसचिव कृष्ण कु“वर लगाएत पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो । उपक्षेत्रीय अस्पतालका शाखा अधिकृत खड्गबहादुर घर्ति, नासु गणेश दाहाल लगाएत कर्मचारीहरुको सहभागिता थियो । लामो समय सम्म सरसफाइ अभियान चलाईएको थियो । संघको वार्षिक कार्यक्रम अनुसार केहि समय अघि स्वाथ्यका लागि दौड कार्यक्रम चलाएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्