८बर्षका का प्रदिपको राप्ती नदीमा नुहाउने क्रममा ज्यान गयो



 

सैघाली खबर,
दाङ ५ जेठ।
राप्ती नदीमा डुबेर आज दिउँसो भालुबाङका एक बालकको ज्यान गएको छ। भालुबाङ पुल्चोक बजारका तुलाराम रोकाको छोरा बर्ष ८ का प्रदिप रोकाको राप्ती नदीमा नुहाउने क्रममा ज्यान गएको हो ।
भालुबाङ पुल्चोक स्थित स्वर्गद्वारी प्राथमिक विद्यालय कक्षा ४ मा अध्ययनरत प्रदिपको नदीमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । दिउँसो करिब १२ बजे नदीमा नुहाउन गएका प्रदिप करिब १ बजे डुबेका थिए ।

डुबेको थाहा पाए लगत्तै ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी जवान, शसस्त्र प्रहरी बल ज्वालामाई गण भालुबाङका शसस्त्र प्रहरी जवान र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुबाङका ट्राफिक प्रहरी जवानहरूको करिब तीन घण्टाको खोजतलास पछि बालकको शब फेला परेको प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्