मेयर पाण्डे र प्रचन्ड विच भेटघाट



 

काठमाण्डौ ५ जेठ। तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले नेपाल कम्युनिष्ट पाटीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डसँग भेटघाट गरेका छन् । प्रचन्ड निवास खुमलटार पुगेर नगरप्रमुख पाण्डेले तुलसीपुर उपमहानगरपालिका र समग्र दाङ्गको वृहत्तर विकासका वारेमा कुरा गरेका थिए । पाटी एकताले कार्यकर्तामा उत्साह थपिएको वताउँदै पाण्डेले राजनीतिक अस्थिरताको समाप्ती भएकाले विकासमा चासो दिनका लागि आग्रह समेत गरेका थिए ।

 

नगरप्रमुख पाण्डेले तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थललाई नियमित सञ्चालनका साथै एयरपोर्ट विस्तार र इन्धन डिपो स्थापनाका लागि आग्रह समेत गरेका थिए । “रुकुमका केही भागसँगै रोल्पा, प्युठान र सल्यानका जनताका लागि तुलसीपुर विमानस्थल नै एकमात्र माध्यम हो, यसलाई नियमित वनाउन तर्फ सोच्नु आवश्यक छ ” नगरप्रमुख पाण्डेले भने । उनले तुलसीपुरमा प्राविधिक विश्वविद्यालय स्थापनाका लागि पहल गर्न आग्रह समेत गरे । “तुलसीपुरलाई शिक्षाको केन्द्र वनाउनका लागि पनि चासो दिनु आवश्यक छ ” । उनले केन्द्रका योजनाहरु समयमा पुरा नहुँदा स्थानीय तहमा काम गर्न गाह्रो भएको समेत जानकारी गराएका थिए ।

नगरप्रमुख पाण्डेले अध्यक्ष प्रचन्डलाई दाङ्गको वृहत्तर विकासलाई महत्व दिनका लागि आग्रह समेत गरेका थिए । अध्यक्ष प्रचन्डले दाङ्गसँग आफु लामो समयदेखि जोडिएको र यसको विकासका लागि प्रतिवद्ध रहेको समेत वताए । उनले तुलसीपुरका मुद्दाहरुलाई समेट्नका लागि पहल गर्ने समेत वताए । “अव हामी विकासको यात्रामा छौ, दाङ्गको पनि कायापलट हुनेगरि काम गर्छाै” भेटका क्रममा प्रचन्डले भने । उनले सिंदरवार आफ्नै ठाउँमा पुगेको महसुस जनताले गर्ने गरि काम गर्नुपर्ने वताएकोे प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्