रुकुमेली एकता समाजको प्रथम साधारण सभा



सैघाली खबर

दाङ , ५ जेठ । रुकुमेली एकता समाज घोराही उपमहानगर वडा नं. १६ को प्रथम साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारण सभा आयोजक समिति संयोजक तथा शक्ति टोल विकास संस्थाका अध्यक्ष लिलाधर खड्काको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नंं १६ का वडा अध्यक्ष लक्षीन प्रसाद बुढाको प्रमुख आतिथ्यता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाले वसाई सराई विकासको एक सुचक रहे पनि वसाई सराई संगै कला संस्कृतिको मौलिकता हराउदै जान थालेको बताउनुभयो । रुकुम कला र संस्कृति धनि जिल्ला भए पनि बसाई सराई दाङ लगायत अन्य जिल्लामा भित्रनेहरुले बसाई सराई संगै कला र संस्कृतिलाई अगाल्न नसकेको उहाँले टिप्पणी गर्नुभएको थियो । जसले गर्दा स्थानीय मौलिकता र जन्मभुमिको कला, संस्कृतिलाई मूल्य मान्यताहरु हराउदै जान थालेकाले सवै त्यस तर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीले रुकुम प्रकृति , कला र संस्कृतिको धनि जिल्ला रहेको चर्चा गर्नुभयो । रुकुमको विकास समृद्धिका लागि बसाई सराई गरी जिल्ला वाहिरीएकाहरुले पनि विशेष योगदान र पहल गर्दै रुकुमलाई समृद्ध र सभ्य बनाउन सक्नुपर्ने उहाँले बताउनुभयो । कर्मको बसाईले रुकुम देखी टाढा रहेका हरेक व्यक्तिहरुले जन्मभुमि रुकुमको महिमा र चर्चा मात्रै होइन समृद्धि र विकास लागि काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा हरप्लेस दाङका संयोजक एवं मानव अधिकारवादी विनोद केसी , राप्ती इन्जीनियरिङ कलेजका सञ्चालक भिमसेन गिरी, नेपाल पत्रकार महासंघ दाङका सल्लाहाकार एंव नेपाल संस्कृत विश्वविद्यालय उपप्राध्यापक दुर्गालाल केसी, विद्यानिलकण्डका प्रिन्सीपल गणेश केसी, दुर्गालाल शर्मा लगायतका मन्तव्य व्यक्त गर्नुभएको थियो । ईन्जीनियरिङ टोल विकास संस्थाका अध्यक्ष खिम वहादुर नाथको स्वागत मन्तव्यवाट कार्यक्रम शुरु भएको थियो ।

साधारणसभाले लिलाधर खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा तिर्सना कुमारी दाहाल , सचिवमा मन कुमारी न्यौपाने दाहाल, कोषाध्यक्षमा तारक खड्का र सहसचिवमा सर्जन खत्री रहनुभएको छ । त्यस्तै सदस्यहरुमा धन वहादुर खत्री, हर्क वहादुर बुढा , आश वहादुर श्रेष्ठ, मनराज नाथ, बल वहादुर खडका र तिल वहादुर रामजाली रहनुभएको छ । त्यस्तै साधारणसभाले सल्लाहाकारहरुमा बाबुलाल जैसी, जगत वहादुर श्रेष्ठ, खिम वहादुर नाथ, अमृत दाहाल, र दुर्गा प्रसाद शर्मा रहनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्