‘प्रेम बिवाह डोहो¥यो चिताको बाटो ’



फेसबुकमा सुसाईट नोट

सैघाली खबर
गुल्मी , ५ जेठ । प्रेम विवाह घरपरिवारले अस्वीकार गरेपछि फेसबुकमा सुुसाइड नोट लेखेर अर्घाखाँचीका एक युवाले आत्महत्या गरेका छन्। सन्धिखर्क नगरपालिका ११ डिभर्ना जोगिमारेका एक युवाले आफ्नो प्रेम विवाह घर परिवारले अस्वीकृत गरेको भन्दै फेसबुकमा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन्।

डिभर्नाका २३ वर्षीय सम्राट भुसाल भन्ने नारायण प्रसाद भुसालले फेसबुकमा स्टाटस लेखेर सन्धिखर्क वडा नम्बर २ को त्रिवणी होटेलको कोठामा आत्महत्या गरेका हुन्। भुसालले त्रिवणी होटेलको दुई तल्लामाथि कोठामा आत्महत्या गरेको अवस्थामा प्रहरीले फेला पारेको हो।

 

सन्धिखर्क नगरपलिका वाङ्ला आमडाँडाकी शुष्मा क्षत्रीलाई दुईहप्ता अगाडि प्रेम विवाह गरेका थिए। उनको प्रेम विवाहलाई घरपरिवारले अस्वीकृत गरेका थिए। भुसालले फेसबुकमा स्टाटस लेखेपछि आफ्नो केटी साथी शुष्मासँग झण्डै २५ मिनेट होटेलमा बसेका थिए। उक्त समयमा उनिहरुले फेसबुकमा लेखेको स्टाटस समेत हटाएका थिए। उनले आफ्नै फोटोमा हार्दिक श्रदाञ्जली भनेर समेत लेखेर फेसबुकमा पोष्ट गरेका थिए।

होटेलमा उनले एक जना बस्ने भनेर आफ्नो नाम लेखाएका थिए। शुक्रबार बिहान अबेरसम्म बाहिर खाजा खान नआएपछि त्रिवणी होटेलका कर्मचारी हेर्न जाँदा झुन्डिएको अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रदिप डिसीका अनुसार उनका भिनाजुले फेसबुकमा स्टाटस लेखेको देखेर प्रहरीलाई समेत खबर गरेका थिए। भुसालले फेसबुकमा जिन्दगी जिउन धेरै गारो भएको जस्ता बिभिन्न खालका स्टाटस लेखेका थिए। उनले आफ्नै फोटोमा हार्दिक श्रदाञ्जली भनेर समेत लेखेका थिए।

अर्घाखाँची जिल्लामा पछिल्लो समय आत्महत्याका घटनामा बृद्धि भएको देखिन्छ। पछिल्लो समयमा अर्घाखाँचीमा आत्महत्या गर्नेको सख्यामा ह्वात्तै बृद्धि भएको छ। जिल्लाको अबस्था हेर्दा गएको १५ बर्षदेखि लिएर ६० बर्ष माथीका समेतले आत्म हत्या गरेका छन्। जुन अघिल्लो बर्षको तुलनामा ४३ प्रतिशतले बढी हो।

जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको तथ्यांक अनुसार गत साउनदेखि अहिलेसम्म ४२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रदीपकुमार डिसीले बताए। उनका अनुसार आर्थिक बर्ष २०७३।७४ मा २८ जनाले आत्महत्या गरेका थिए। यस बर्षको बिष्लेषण गर्दा आबेशमा आएर १८, गरिबीको कारण ३ , दीर्घ रोगका कारण ३ र अन्य कारणबाट १६ जनाले आत्महत्या गरेका छन्।

मानिसहरुमा आउने मानसिक तनाब, डिप्रेसन, नकारात्मक सोच, वातावरणिय तत्व, असफलता, उमेरगत रुपमा हुने शारिरिक विकास, मानिसले जन्मजात रुपमा लिएर आएको सम्बेग तथा उतेजनाको कारणले पनि आत्म हत्या गर्छन्। मानिसले सकारात्मक सोचको सट्टा नकारात्मक सोच लिदा पनि आत्महत्या गर्ने अबस्था सृजना हुन्छ।

अर्घाखाँची जस्तो पहाडी जिल्लामा १० महिनामा ४२ जनाले आत्महत्या गरेको बिषयलाई चानचुनको रुपमा लिन नहुने प्रहरीको ठम्याई छ।

इन्सेकका जिल्ला प्रतिनिधि नारायण भुसालले आत्महत्या गर्नु अघि मानिसले केही न केही संकेत गर्ने गरेको बताउँछन्। ‘परिवार साथीभाईले त्यस्ता सकेंत बुझेर बचाउनतर्फ लाग्नुपर्छ’ उनले भने।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्