कृष्ण मन्दिरमा नयाँ नेतृत्व



सैघाली खबर
दाङ,६ जेठ
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ दुधेनाको कृष्ण मन्दिरमा नयाँ नेतृत्व चयन भएको छ । कृष्ण मन्दिर व्यवस्थापन समितिको १५ औ साधारण सभाले शोभाकर सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । १३ सदस्यिय कार्य समितिको उपाध्यक्षमा मुकुन्द काफ्ले, सचिवमा धर्मराज वली, कोषाध्यक्षमा किरण केसी, सहसचिवमा पवित्र काफ्m्ले, सदस्यहरुमा इन्द्रजित चौधरी, नुमा कँडेल, रोमकान्त सापकोटा, दथरथ वली, भुपवहादुर केसी, मेघराज पाण्डे, प्रेम विक र सुशिला डाँगी रहेका छन् ।

यसैविच समाजसेवी वामदेव शर्मा उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले धर्म र संस्कृतिको संरक्षणमा सवैले ध्यान दिनुपर्ने कुराको चर्चा गर्दै धर्मकै कारणले समाजमा एकता र मेलमिलापको भावना विकास हुने वताएका थिए । उनीहरुले धर्मलाई समाजसेवासँग जोडेर अगाडि वढाउनुपर्ने कुरामा समेत जोड दिएका थिए ।

यसैगरी कृष्ण मन्दिरको स्वामित्वमा रहेको धार्मिक वनलाई पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्ने कुरामा जोड दिएका थिए । अध्यक्ष खिमप्रसाद खरालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव जितवहादुर खड्काले गरेका थिए । यसैविच नयाँ कार्यसमितिले मन्दिरको व्यवस्थापनमा साथ दिने सबैलाई धन्यवाद दिएका थिए । स्थानीय सरकारलाई मन्दिर व्यवस्थापनमा सघाउनका लागि आग्रह गर्ने समेत नयाँ कार्य समितिले निर्णय गरेका सचिव धर्म वलीले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्