नारायणगढ–मुग्लिन सडकखण्डमा बन्द भएको बाटो खुल्यो



सैघाली खबर
काठमाण्डौं,६ जेठ

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो गएपछि बन्द भएको बाटो खुलेको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा बिहान खसेको पहिरो हटाइएको छ । बिहान ५ बजेतिर खसेको पहिरो करिब ८ बजे हटाइएको प्रहरीले जनाएको छ । पहिरो हटेपछि अहिले दुई तर्फी नै गाडी गुड्न थालेका छन् । तर पहिरोका कारण दुईघण्टा गाडी रोकिएका कारण चाप भने धेरै छ । बिहान कालीखोला नजिकै रहेको टोपे खोलामा पहिरो खसेको हो । दिउँसोको समयमा सडक बन्द गरिने हुँदा सवारीको चाप बिहान बेलुका बढी हुने गर्छ । बिहानको चापमा बाटो रोकिएपछि सयांै यात्रु अलपत्र परेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्