कांग्रेस जिल्ला सभापतिहरुको भेला असारमा



सैघाली खबर
काठमाण्डौं,६ जेठ

नेपाली कांग्रेसले ७७ वटै जिल्लाका सभापतिहरुको भेला असारमा गर्ने भएको छ । असार २, ३ र ४ गते जिल्ला सभापतिहरुको भेला प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा हुने भएको हो । जेठ १५ गते बजेट आउने र बजेटमाथि संसदमा हुने छलफलको समय सांसदहरु व्यस्त हुने भएकाले असार पहिलो साता भेला बोलाइएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सीआएनलाई जानकारी दिनुभयो । शर्माका अनुसार भेलामा पार्टीको भावी नीति र कार्यदिशाका विषयमा छलफल हुनेछ । सभापतिहरुले जिल्लातहको वास्तविकताका विषयमा जानकारी दिएपछि नेतृत्वले सम्वोधन गर्ने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्