आइपीएलमा आज दुई खेल हुने



सैघाली खबर
काठमाण्डौं,६ जेठ

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्र्तगत आज दुई खेल हुने भएका छन् । आज हुने पहिलो खेलमा दिल्ली डेयरडेविल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । दिल्लीको फिरोज साह कोटला मैदानमा हुने आजको खेल दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ । त्यस्तै आजै हुने अर्को खेलमा चेन्नई सुपरकिंग्स र किंग्स इलेभन पञ्जावबीच प्रतिस्पर्धा हुनेछ ।

महाराष्ट्र क्रिकेट एशोसिएसन पुणेमा हुने यी दुई टोलीबीचको खेल राति सवा ८ बजे सुरु हुनेछ । यसअघि गयराति भएको खेलमा राजस्थान रोयल्स र कोलकोत्ता नाइट राइडर्स विजयी भएका छन् । हिजो भएको पहिलो खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलोरलाई ३० रनले पराजीत गरेको हो । यस्तै दोस्रो खेलमा कोलकोत्ताले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजीत ग¥यो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्