शशक्त बन्दै अशक्त वालवालिका



गिरिराज नेपाली
दाङ , ६ जेठ । दिउसोको करिव १ बजिसकेको थियो । सवै वालवालिका कक्षाभित्रै थिए । प्रावि बालमन्दिरको प्राङगण सुनसान देखिन्थ्यो । कक्षाकोठा भने विद्यार्थीले भरिभराउ थिए । अधिकाश कक्षामा पठनपाठन चलिरहेको थियो । भने कक्षा १ जहाँ शारिरीक तथा बौद्धिक अपाङगता भएका विद्यार्थीहरु नाचगान गर्दै मनोरञ्जनतात्मक तरिकाले अध्ययन गरीरहेका थिए । जसले गर्दा विद्यालयको अन्य कक्षाहरु भन्दा कक्षा एक अलि फरक देखिन्छ त्यहाँ ।

नुहाई धुवाई, खानपान, लत्ता कपडा लगाउन पनि अरुका भरपर्ने शारिरीक तथा बौद्धिक अपाङगता भएका अशक्त वालवालिकाहरु रहेक पाठलाई गीतिलयमा गाउदै÷नाच्दै पढिरहेका थिए । कखरा गाँउदै साथीहरु नचाउदै गरेकी तुलसीपुर उपमहानगरपालिका पर्सेनीकी १३ वर्षिया यमुना भण्डारीले (क पुरी क , खरायो ख …..) निकै उत्साहका साथ गाउदै पढ्दै – पढ्दै गाउँदै गरिरहनुभएको थियो ।

दश वर्षको उमेरमा किताव र कापी देखेकी भण्डारी १३ वर्षको उमेर कखरा एबिसीडी खरर भन्न र लेख्न सक्ने हुनुभएको छ । पढेर शिक्षक बन्ने सपना उहाँको छ । त्यही सपना पुरा सुखका साथ जीवन बिताउने रहर बटुलीरहेको रहनुभएको छ । धेरै पढेर आमा बाबुर आफूजस्तै साथीहरुको सहयोग गर्ने ईच्छा बोकेर पढिरहेको रहनुभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ म पढ्छुु र केही गर्छु भन्ने सोचमा छु । ’
अपाङग भएकै कारण पढ्न लेख्न नपाई दशवर्ष सम्म घरमै बसिरहनु पर्दा त्यसले आफूलाई निकै पिरोल्ने गरेको उहाँको दुखेसो छ । अक्षर चिन्न सक्ने भए देखि आफूमा धेरै परिवर्तनको अनुभूति हुने गरेको उहाँले बताउनुभयो । शिक्षा संगै संकार पनि सिक्दै गइरहेको उहाँले बताउनु हुन्छ ।
त्यस्तै तुलसीपुर उपमहानगपालिका तुईखोलाकी कल्पना विकको ईच्छा पनि पढेर मास्टर बन्ने नै छ । अपाङ भएकै कारण आफुले पढ्न सकिदैन की भन्ने चिन्ता आफूमा नरहेका उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘ म पनि पढेर केही गर्न सक्छौ । ’ प्रावि बालमन्दिरमा फरक फरक प्रकृतिका अपाङगता भएका करिव २५ जना वालिकाहरुले अध्ययन गरीरहेका छन । यी दुई जनालाई हामीले प्रतिनिधि पात्रका रुपमा मात्रै समावेश गरेका हौ । तर अन्य वालिकाहरु सपना र वाध्यता पनि उस्तै छन ।

विद्यार्थीहरु मात्रै होईन अपाङगता भएका वालवालिकाहरुको बाबु आमाहरु पनि विद्यालयमा भर्ना भइसके पनि छोराछोरीमा धेरै भिन्नता देखिएको बताउनुहुन्छ । सोही कक्षामा अध्ययनरत सुरज नेपालीकी आमा शोभा नेपालीले घरमै बस्दा पाहुना देखेर भाग्ने डराउने गर्ने छोरा अहिले पाहुना वा नयाँ मान्छे देखे नमष्कार गर्ने , अगाल्लो मार्ने , नाच्ने दिशापिसाव लागेमा संकेत गर्ने गरेको बताउनुभयो । घरमा बस्दा टोलाउने स्कूल आए सवै संग खेल्ने, किताव र कापी समाउने गर्ने गरेको उहाँले बताउनुभयो । जसले गर्दा आफूलाई पनि केही खुसी मिल्ने गरेको उहाँको भनाई छ ।
विद्यालय प्रवेश गर्दा मान्छे देखेर पनि भाग्ने विद्यार्थी हिजो आज कोही नयाँ मान्छे आए पनि सर नमष्कार भन्ने नजिकै बस्ने पाठ र गीत सुनाउने गर्ने गरेको शिक्षिका रमिता खड्काले बताउनुभयो । शारिरीक तथा बौद्धिक अपाङगता भएका वालवालिकाहरुले शिक्षा संगै संस्कार सिक्दै गइरहेकाले केही गर्न सक्छन की ? भन्ने आशा शिक्षकहरुमा पनि रहेका उहाँको भनाई छ । तर अपाङगता भएका विद्यार्थीका लागि आवश्यक शैक्षिक सामाग्री अभाव रहेकाले अपाङगता भएका विद्यार्थीहरुको पढाई प्रभावित भइरहेको उहाँले बताउनुभयो ।

विशेष शैक्षिक सामाग्रीहरुको व्यवस्थापन गर्न सकेमा अपाङगता भएका विद्यार्थी वालवालिकाहरुले शपाङ्ग विद्यार्थीहरु शरह सक्षम हुने उहाँले बताउनुभयो । अन्य विद्यार्थीहरु शरह किताव पाठ गर्दै पढाउने पर्ने वाध्यता छ । जसले गर्दा शारिरीक तथा बौद्धिक अपाङ्गता भएका विद्यार्थी वालवालिकाहरुलाई अझै अप्ठ्यारो परीरहेका उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्