नारायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध



सैघाली खबर
चितवन, ६ जेठ  / नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसेका कारण आइतबार बिहानदेखि यातायात अवरुद्ध भएको छ ।

 

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार इच्छाकामाना गाउँपालिका–६ को चेपेखोलामा आइतबार बिहान पाँच बजे ठुलो पहिरो गएको हो।

पहिरो हटाउन सुरु भए पनि केही समय लाग्न सक्ने प्रहरी कार्यालयले जनाएको छ। पहिरोका कारण सडकमा सयौं गाडी र हजारौं यात्रु रोकिएका छन्।

गाडी चल्न थाले पछि हुने सडक पार गर्न हुने तछाड मछाडका कारण सडक जाम हुने भएकाले बाटोमा रहेका गाडीलाई आफ्नो लेनमा मात्रै चलाउन प्रहरीले आग्रह गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्