असाहय बालबालिकालाई राधा माधव समितिको सहयोग



सैघाली खबर,
तुलसीपुर ६ जेठ ।

तुलसीपुर उपमहानगरपालिका १८ मा रहेको असहाय बाल बिकास नेपाल बिजौरीमा रहेका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ । राधा माधव समिति तुलसीपुरले शनिबार झोला, कपी, कलम सहयोग गरेको असहाय बाल बिकासका कोषाध्यक्ष सीमा वलीले जानकारी दिईन् ।

शाहारा बिहिन बनेका बालबालिकाहरुलाई असहाय बालबालिकाले पठन पाठन गरिरहेको भन्दै ती बालबालिकालाई पठनपाठनका लागि कुनै सामग्रीको कमी नहोस भनेर सहयोग गरेको संस्थाले जनाएको छ । संस्थाका दिनेश कुमार डाँगी, निर्मल नेपाली, माधव अधिकारी, टिका बहादुर जिसीसहितको टोलीले उक्त सामग्री हस्तान्तरण गरिएको हो । यसैबीच बाल बिकासका अध्यक्ष बिष्णु चौधरीले सहयोग गर्ने उक्त संस्थालाई धन्यवाद ब्यक्त गरेका थिए । यस्तै संस्थाहरुको सहयोगले गर्दा नै सामाजिक काममा थप प्रेरणाा मिलेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्