दाङबाट शान्ति नेपाल



सैघाली खबर,
तुलसीपुर ६ जेठ ।

दाङबाट शान्ति नेपाल संस्था सञ्चालनमा ल्याईएको छ । केन्द्रीय कार्यालय दाङमा रहने गरि मानवअधिकार, शान्ति र सुसासनमा काम गर्ने संस्था सञ्चालनमा ल्याईएको हो । तुलसीपुर १८ हेमन्तापुरमा संस्थाको केन्द्रीय कार्यालय रहेको छ । यसैबीच संस्थाको प्रथम अधिबेशन शनिबार दाङको तुलसीपुरमा भएको हो । अध्यक्ष श्रीराम चौधरीको अध्यक्षता तथा समाजसेवी रोहित चौधरीको प्रमुख आतिथ्यमा अधिबेशन भएको हो । अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको छ । श्रीराम चौधरीको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा सुनिता थापा ( दैलेख), सचिबमा बिबेक कुमार शाही ( बर्दिया), कोषाध्यक्षमा सन्तोष यादव ( बाँके)लाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा मोहमद रहमान ( कपिलबस्तु), रबिन्द्र कुमार चन्द ( सुर्खेत), उमेश केसी ( सिन्धुपोल्चोक), सिर्जन शाही ( सुर्खेत), भरत चौधरी( दाङ), राम कृष्ण चौधरी (दाङ) र भागिराम चौधरी(दाङ) रहेका छन् । शान्ति र सुशासन अध्ययन गर्ने देशभरका बिद्यार्थीहरुले उक्त संस्था सञ्चालनमा ल्याएका हुन् ।

देशका बिभिन्न जिल्लामा यसका शाखाहरु सञ्चालनमा ल्याईने अध्यक्ष चौधरीले बताए । मानब अधिकारका बिषयमा पैरबी गर्नुका साथै शान्ति र सुसासन कायम गर्ने संस्थाले महत्वप्ूर्ण भुमिका निर्बाह गर्ने अध्यक्ष चौधरीले बताए । यस्तै संस्थालाई अगाडि बढाउन बिभिन्न सरकारी तथा गैरसरकारीलगायत आम नागरिकको सहयोगको खाँचो रहेको बताए ।

 

((

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्