आयात प्रतिस्थापन गर्ने वस्तु खोज्दै अर्थमन्त्री खतिवडा



सैघाली खबर,
जेठ ६ , काठमाडौं । सरकारले आगामी बजेटबाट आयात प्रतिस्थापन गर्ने वस्तुलाई सहुलियत दिने तथा संरक्षण गर्ने तयारी गरेको छ। अर्थमन्त्री युवराज खतिवडा बजेट निर्माण जुटेसँगै प्रतिस्पर्धी वस्तुको सूची माग गरे पनि अहिलेसम्म कुन वस्तुलाई कसरी संरक्षण गर्ने र ती उत्पादन के के हुनसक्छन् भन्ने विषयमा निर्क्योल गर्न भने सकेको छैन।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार स‌ंसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको अन्तिम तयारीमा अर्थमन्त्रालय जुटेको छ। आइतबार साँझ ५ बजे मन्त्रिपरिषद्‍बाट नीति तथा कार्यक्रम पारित गर्न लागिएको छ।

नीति तथा कार्यक्रम हुँदै अर्को साता प्रस्तुत हुने बजेटको अंकसमेत टुंग्याउदै जाने तयारीमा रहेका अर्थमन्त्री खतिवडाले यस्ता उत्पादनको सूची दिन निजी क्षेत्रलाई आग्रह गरेका छन्। खतिवडाले एक दर्जन यस्ता उत्पादनको सूची माग गरे पनि निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले अहिलेसम्म सूची उपलब्ध गराएका छैनन्।

नेपालमा उत्पादन हुने सामाग्रीको अवस्था हेरेर स्वदेशीलाई छुट तथा विदेशी उत्पादनको भन्सार कडाई गर्ने तयारीमा अर्थमन्त्री खतिवडा रहेका छन्।

सूची प्राप्त नभएपछि शुक्रबार साँझ खतिवडाले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूलाई ुकि सूची उपलब्ध गराऊ, कि केही पनि उत्पादनमा प्रतिस्पर्धी छैनौँ भनु भनेर दबाब दिएका थिए। अर्थमन्त्रीले यस्तै भनेपछि नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आइतबारसम्म सूची उपलब्ध गराउने तयारी गरेका छन्।

नेपालमा उत्पादन हुने सामग्रीको अवस्था हेरेर स्वदेशीलाई छुट तथा विदेशी उत्पादनको भन्सार कडाइ गर्ने तयारीमा अर्थमन्त्री खतिवडा रहेका छन्।

खतिवडाले यस विषयमा निजी क्षेत्रसँग पनि केही शर्तहरू तेर्स्याएपछि निजी क्षेत्र कुन कुन वस्तुको सूची उपलब्ध गराउने भनेर अन्योलमा परेका हुन्। ुप्रतिस्पर्धी र नेपाली उपभोक्तालाई मूल्यको भार नबढ्ने गरीका उत्पादन हुनु पर्ने शर्त राखेका छन्।

उनले विशेषगरी आधरभूत उत्पादनमूलक क्षेत्रलाई संरक्षण गर्ने गरी बजेट आउने खतिवडाको भनाइ छ। ुकम्तीमा एकदर्जन आधरभूत नेपाली उत्पादनलाई संरक्षण गर्ने गरी जाऊँ भनेको होु, खतिवडाले भने, तुर उत्पादन आयात प्रतिस्थापन गर्ने र प्रतिस्पर्धी खालको हुनुपर्ने छ।ु

निजी क्षेत्रले नेपालमा उत्पादन भइरहेका औषधि र सिमेन्टमा आयत प्रतिस्थापन गर्न सकिने राय अर्थमन्त्रीसँग राखेका थिए। नेपाल उद्योग परिसंघका उपाध्यक्ष केशव अधिकारीलाई आइतबारसम्म सूची तय गरेर अर्थमनत्रीलाई पठाउने तयारीमा रहेका बताए। उनले अहिले निजी क्षेत्रलाई बजेट तथा सहुलियतभन्दा बढी नीतिगत सुधारको आवश्यक रहेको भन्दै सोही अनुसार तयारी गरिएको बताए। व्यापारलाई प्रवर्द्धन गर्ने गरिको अहिलेको नीति रहेको छ यो नीतिको सुधार गर्दा नेपालको उत्पादन बढ्छ। ु

व्यापार प्रवर्द्धन गर्ने गरिको अहिलेको नीति रहेको छ। यो नीतिको सुधार गर्दा नेपालको उत्पादन बढ्छु अधिकारीले भने। त्यस्तै नेपाल उद्योग वाणिज्य महसंघका उपाध्यक्ष किशोरलाल प्रधानले पनि केही वस्तुका विषयमा यसअघि नै अर्थमन्त्रीलाई जानकारी गराएको र केहीलाई जानकारी गराउनेतर्फ लागेको बताए। उनले सिमेन्ट, उत्पादित छड, वनस्पति घ्युलगायतमा सामग्रीमा नेपालले आयात प्रतिस्थापन गर्ने सक्ने भएकोले सोहीअनुसारको नीति बनाउनु पर्ने बताए। केही दिनअघिसम्म उद्योगमा लोडसेडिङ थियो, अहिले त्यो पनि हटेको छ, अर्थमन्त्रीले भनेजस्तै हामी लागत पनि घटाएर अघि बढ्न सक्छौँु प्रधानले भने। वाम घोषणापत्रमा क्रमशस् आयात प्रतिस्थापन गर्ने बताइएको र पहिलो बजेटमै केही वस्तुलाई समेट्ने गरी प्रधानमन्त्रीसँगको परामर्शमा खतिवडाले यस्तो तयारी गरेका हुन्। केही कृषिजन्य उत्पादनलाई पनि खतिवडाले बढी प्राथमिकता दिएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्