श्रीमतीको अत्याधिक यौन इच्छा, इच्छा पूरा गराउन साथीहरुको पनि सहयोग, यति गर्दा पनि पत्नीको चित्त नबुझेपछि….



सैघाली खबर/काठमाण्डौँ, ६ जेठ।
आफ्नी श्रीमतीको यौनको चाहनाले आजित भएका एक युवकले श्रीमतीकै हत्या गरिदिएका छन् । श्रीमतीले जतिबेला पनि यौन सम्पर्क गर्न खोजेपछि आजित भएका ती युवकले रिसको झोंकमा श्रमितीकै हत्या गरिदिएका हुन् । भारतको छत्तीसगढको विलासपुरका ३० वर्षका ती युवकले श्रीमतीको हत्या गरेपछि आफैं प्रहरीमा गएर आत्मसमर्पण गरेका छन् ।

ती युवककी श्रीमती निम्फोमेनियाबाट पीडित थिइन् । यो स्वास्थ्य समस्या भएकालाई जतिबेला पनि यौन इच्छा हुन्छ । प्रहरीका अनुसार निम्फोमेनियाबाट ग्रस्त पत्नीका कारण उनको हत्या गरिएको यो भारतमै पहिलो घटना हो । आरोपी युवकले बताएअनुसार प्रहरीले महिलाको शव बरामद गरेको छ । ती युवकका अनुसार उनको २०११ मा बिहे भएको हो । उनीहरुको एक ५ वर्षका छोरा पनि छन् । ती युवकले श्रमितीको हत्या गर्दा छोरा पनि घरमै थिए ।

हत्या गरेपछि उनले पत्नीको लाशलाई घरभित्रै किचनमा गाडेका थिए । हत्या गरेपछि ती युवक रातभर छोरासँग घरमै बसे । भोलिपल्ट बिहान उनले प्रहरीमा गएर आत्मसमर्पण गरे र पूरै घटना बताए । आरोपीका छोराले आफ्ना पिताले नै आमाको हत्या गरेको पुष्टि गरेका छन् । ती युवकका अनुसार उनकी श्रीमतीले उनलाई यातना र धम्की पनि दिन्थिन् । उनका अनुसार श्रीमतीले जतिबेला पनि उनीसँग यौन सम्पर्कको माग गर्थिन् । उनको इच्छा पूरा नगरे गालीगलौज गर्न थाल्थिन् ।

यतिमात्र होइन उनले पतिलाई दाइजोको झुटो केसमा फसाउने धम्की पनि दिन्थिन् । अति भएपछि उनले पत्नीको यौन इच्छा पूरा गराउन आफ्ना साथीहरुलाई पनि बोलाइदिए । यसो गर्दा श्रीमतीले उनका साथीहरुसँग नै जतिबेला पनि यौन सम्पर्क गर्न थालिन् । श्रीमतीले उनका साथीहरु बोलाउने सिलसिला दिनहुँजसो चल्न थाल्यो । यहाँसम्म कि उनका साथीहरुले नै उनको मजाक उडाउन थाले ।

घटनाको दिन पनि श्रीमतीले कुनै साथी बोलाएर आफ्नो यौन इच्छा पूरा गराउन माग गरेकी थिइन् । यही कारण पतिपत्नीबीच झगडा भयो । पत्नीले बिहान पतिविरुद्ध प्रहरीमा उजुरी गर्ने धम्की दिइन् । पतिपत्नीबीच विवाद यतिसम्म बढ्यो कि ती युवकले श्रीमतीको त्यहीँ हत्या गरिदिए ।

त्यसपछि उनले किचनमा खाल्डो खने र श्रीमतीको लाश त्यहीँ गाडिदिए । रिस शान्त भएपछि भने उनले आफ्नो सबै घटना प्रहरीलाई बताउने फैसला गरे । बिहान छोरालाई लिएर उनी आत्मसमर्पण गर्न प्रहरीमा गए । प्रहरीले ती युवकलाई हिरासतमा लिएर कारवाही अगाडि बढाएको छ । श्रीमतीको लाशलाई पोष्टमार्टमका लागि पठाइएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्