खानेठाउ“ गन्ध आउछ, फोहरछ भने ग्राहक नखाएरै उठ्नुपर्छ ।



रुद्रबहादुर डागि अध्यक्ष दाङ देउखुरी होटल व्यवसायी समिति
गोबिन्द खड्का,
-घोराहीमा होटलको अबस्था कस्तो छ ?
पा“च हजार देखि पा“च, लाख हुदै करोडौ“ लगानी भएका होटलहरु छन् । स्वदेशि विदेशी अतिथिहरुलाई स्वागत गर्न सक्ने क्षमता राख्छन् । प्रदेश र केन्द्र स्तरका कार्यक्रम चलेपनि होटलको सेवामा कमि छैन । विभिन्न देशका ब्रण्डेड परिकारहरु बनाएर खुवाउन सक्ने अबस्था छ ।

-सरसफाइ कस्तो छ नि ?
ठुला होटलमा पोषाक सहितका क्षमतावान् कर्मचारी छन् । सिष्टमको विकास भएको छ । अर्डर अनुसारको खाना पकाउ“छन् । उनिहरुको किचन गोप्य र सुरक्षित छ । मझौला र साना होटलमा केहि समस्या देखिन्छ । कतिमा साहु आफै लागेको हुन्छ । केहिमा न्युन तलवमा कामदार राखिएको छ । थोरै तलवमा काम गर्ने व्यक्ति राखेकाहरुले पकाउदा कन्याउने, हात समयमा नधुने, त्यहि हातले खानेकुरा समातेर ग्राहकलाई दिने समस्या छ । साहु पनि पकाउदै, खानेकुरा त्यहि हातले दिदै र आउने जति संग हात मिलाउदै गर्ने घिनलाग्ने बानी छ ।

-यसको समाधान के हो नि ?
ढोका भित्र पस्दा फोहर देखेपछि ग्राहक फर्किनुप¥यो । पैसा दिएर खाने ग्राहकले फोहर कुरा खान्न भन्ने अधिकार छ । सचेत नभएर मात्रै त्यसो भन्न सकेका छैनन् । दामोदर चोक आसपासमा केहि समस्या भेटिएको छ । वसपार्कमा पनि एक दुईटाले अटेर गरेका छन् । उनीहरुलाई सुधार गर्नुस भनिरहेका छौ । म पनि होटल होटल पुगेर साहुहरुलाई सरसफाइमा ध्यान दिनुस भनेको छु । कतिले ग्राहकले नदेखेको खादैनन् त्यसैले खुला राखेको छु भन्छन् । उनिहरुलाई पनि नुमुना देखाउने शिसा भित्र राख्नुस् अरु कुरा सुरक्षित राख्नुस् भनेका छौ ।

-ग्राहकले सुधार्नुपर्ने कुरा के हो ?
होटलमा पसि सकेपछि कर्मचारीको अव्यवस्था, वस्ने ठा“उ कस्तो छ ? हेर्नुपर्छ । बसी सकेपछिको सेवा कस्तो छ ? साहुले सबै संग हात मिलाउदै र खानेकुरा समातेर दिंदै गरेको छ, वेटरहरु फोहरी छन् । हात धुने वेशिन छैन । पिसाव गर्ने शौचालय छैन । खानेठाउ“ गन्ध आउ“छ, फोहरछ भने ग्राहक नखाएरै उठ्नुपर्छ । त्यसरी हिडेपछि सन्चालकलाई चोट पर्छ र सुधार हुन्छ । मलाई हतार छ तयार छ भने दिनुस् नत्र जान्छु भन्ने ग्राहक आउ“छन् । तिनलाई बासी, र विग्रेको खानाको मतलब छैन । नाक मुख थुनेर हिड्ने व्यक्तिले त्यहि धुलो भित्रको जेरी, समोसा, पुरी डोनट खाएको भेटिन्छ । आफुले खाने कुरामा विशेष ध्यान दिनुपयो ।

-सन्चालकले के गर्नुपर्ला नि ?
सामान्य ज्ञान नभएको व्यक्तिले होटलमा हातै हाल्नु हुन्न । व्यवसाय रहरले गर्ने र जा“गरले चलाउनुपर्छ । एक गेलुन रक्सी, दुई हाप मासु, दुई तिन पिलेट मम, एक दुई क्वाटर रक्सी राखेर व्यवसाय चलाउन खोज्नु हुन्न । पैसा हालेर खाना नास्ता गर्ने ग्राहकलाई घरको भन्दा राम्रो छ भन्ने विश्वास दिलाउनुपर्छ । मैले ठिक खाना खाएको छु भन्ने विश्वास भयो भने ग्राहकले खर्च गरेको चित्त दुखाउदैन । झिंगा माखा भन्केको, धुलो बसेको खुला खानेकुरा बेच्नु पाप हो । ग्राहकलाई पुर्ण सेवा दिने र त्यसको लाभ लिएर सफल व्यवसायी बन्ने चाहना नभएकाले होटल शुरुनै गर्नु हुन्न ।

-सफा र फोहर हाटेलको मुल्यमा फरक छ र ?
सरसफाइ गरी चिटिक्क पारेका होटल र झुप्राहरुमा पस्नुस दर एउटै पाउनुहुन्छ । नया परिकार बन्ने ठाउमा फरक पर्ला नत्र एउटै हो । शिसा भएको, सफा टेवुल तथा भई भएका होटलतिर आकर्षण बढ्न सकेको छैन । यसको कारण सफामा मान्छेहरु महंगो होला भनेर पस्नै डराउ“छन् । त्यो हट्नुपर्छ । बाहिरै बाट फोहर देखेर होटलमा नपस्ने अबस्था आयो भने सबैले सरसफाइ नगरी सुखै छैन । सरसफाइ गर्दैमा मुल्य बढि पर्दैन । पहिल्यै देखि चल्दै आएको यहि हो भन्ने मानसीकता छ । अब फेरीनु पर्छ । सफामा पस्नुपर्छ भन्ने चेतना जगाउनुपर्छ ।

-अब के गर्ने ?
हामिले समितिको तर्फ बाट संस्थागत पहल गछौ । फोहर सडेगलेको बासी बेचनेलाई छुट दिदैनौ । गाउ गाउमा पनि सरसफाइका कुरा चलेका छन् । मान्छेहरु सिक्दैछन् । उपभोक्ता सतर्क हुनुपयो । त्यसो भयो भने व्यवसायी वाद्य हुन्छन् । कि गतिलो सेवा दिएर पेशा चलाउछन् कि त बन्द गरेर अरु काम गर्न तिर लाग्छन् । परिकार एवं खानेकुरा बिक्दै बिकेन भने अर्को बाटो त खोज्नुपयो ? पैसा हालेर खानेहरु सचेत हुनुपर्छ । पैसा कमाउनेले ईज्जत साथ कमाउनुपर्छ । एक पटक खाएर गएको ग्राहक फर्कि आएन भने व्यवसाय चल्दैन । हरेक व्यक्ति खानेकुरामा ध्यान दिनुपर्छ । खाने र खुवाउने दुवैको जिम्मेवारी हो । खासमा सबैले पहल गर्नुपछ । एक दुई जना व्यक्तिको समस्या होईन । जसले खाएपनि फोहरले असर गर्छ । सवैले सफा बनाउ, खाउ, र आफ्नो क्षेत्र सुन्दर राखौ । तयसमा सबैको कल्यान छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्