सैघाली खबर,
भक्तपुर, ६ जेठर।– भक्तपुर नगरपालिका–३, मा रहेको मंगलाछेको शिवालय मन्दिर भित्र एक पुरुषको शव भेटिएको छ ।
कालो ज्याकेट, सेतो निलो सर्ट, निलोमा सेतो धर्सा भएको ट्रयाकसुट लगाएको अन्दाजी ६५ वर्षका अपरिचित व्यक्तिको शव मन्दिरमै भेटिएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशिलकुमार पाण्डेले जानकारी दिनुभयो ।
पहिचान हुन नसकेको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।