अनमोल मेरो आफ्नै दाजु हो, दाजु कै कारण मेरा फ्यान पनि बढे : सबिन ।। (भिडियो)



सैघाली खबर/काठमाण्डौँ,  जेठ।
मोडल तथा नायक सबिन खनालले अनमोल के.सी आफ्नै दाजु भएको बताएका छन् । यसो त अनमोलसंग सम्बन्धित यस्ता घटनाहरु बेला–बेला नबाहिरिएका भने होईनन् । केहि समय अगाडि अनमोलसंग अनुहार मिल्ने युवक भेटिएको कुरा सेलाउन नपाउदै फेरि सबिनले आफु अनमोलको भाई बताएको कुरा बाहिरिएको छ ।

बिभिन्न म्युजिक भिडियोहरुमा काम गरिसकेका सबिन यतिबेला आफ्नै दाजु अनमोल के.सीसंग चलचित्र ‘क्याप्टेन’ मा काम गरिरहेका छन् । चलचित्रमा काम गरिहदा सबिनले दाजु अनमोललाई फेला पारेका हुन् । अवश्य पनि दाजु भाई हुनलाई एउटै आमाको कोखबाट जन्म लिनै पर्छ भन्ने छैन ।

सबिन भन्छन् ‘अनमोल दाईसंग मेरो मन मिल्छ, हरेक कुराहरु उहाँसंगै सेयर गर्न मन लाग्छ, मलाई अनमोल के.सी आफ्नै दाजु जस्तै लाग्छ ।’  सबिन भन्छन् सबैले मेहनतका साथ काम गरेका छौ, फिल्म सुपर डुपर हिट हुन्छ ।’ अनमोल कै कारण आफ्ना फ्यानहरु पनि बढेको सबिन बताउछन् । चलचित्रमा आफ्नो बिशेष भुमिका भएको बताउदै सबिनले आफ्नो दाजु अनमोल नेपाली चलचित्र क्षेत्रको राजा नै भएको प्रंशसा गरेका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्