सल्यानमा बस खस्यो



सैघाली खबर,
सल्यान । सल्ली बजार नजिकै यात्रुबहाक बस दुर्घटना भएको छ । रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी भरतबहादुर बिकका अनुसार प्रारम्भिक अनुसन्धानमा गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको देखिएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब सय मिटर तल खसेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्