अब सातै प्रदेशमा ‘कृषि फार्म’ स्थापना : खनाल ।।



सैघाली खबर/काठमाण्डौँ, ६ जेठ।
सरकारले सबै प्रदेशमा ‘कृषि फार्म’ स्थापना गर्ने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले सबै प्रदेशमा ‘कृषि फार्म’ स्थापना गर्नेगरी बजेटको व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन् । आइतबार सबै प्रदेशका कृषि मन्त्रीहरुसँग काठमाडौंमा सामूहिक भेट गरी उनले पीछडिएका कृषकहरुलाई माथि उठाउन पनि सबै प्रदेशमा ‘कृषि फार्म’ स्थापना गर्न लागिएको बताएका छन् ।

उनले मुलुकमा कृषि क्षेत्रमा आत्मनिर्भर बन्न पनि सबै प्रदेशमा कृषिलाई व्यवसायिकीकरण गरेर जानुको विकल्प नरहेको पनि स्पष्ट पारेका छन् । मन्त्री खनालले सरकारले किसानलाई पेन्सन उपलब्ध गराउन आवश्यक मापदण्ड तोक्ने विषयलाई पनि प्राथमिकता दिएको स्पष्ट पारेका छन् ।

कृषकको वैज्ञानिक वर्गीकरणको कामलाई अघि बढाएर उनीरुलाई परिचय पत्र उपलब्ध गराउने र त्यसपछि पेन्सनको व्यवस्था गर्न लागिएको पनि मन्त्री खनालले जानकारी दिए । उनले प्रदेश र स्थानीय सरकारमाथि हस्तक्षेप नहुने गरी बजेटको व्यवस्था गर्न लागिएको पनि बताएका छन् । बजेट सम्बन्धित क्षेत्रमा लगानी भए, नभएको कडा अनुगमन गर्न पनि प्रदेशका कृषिमन्त्रीहरुको ध्यानाकर्षण गराउनु परेको मन्त्री खनालको भनाई छ ।

उनले बजेट कार्यान्वयनका लागि केन्द्र सरकारले प्रदेश सरकारसँग सहजीकरण गर्ने योजना पनि अघि सारेका छन् । नमूना कानुन लगायतका आवश्यक व्यवस्था गरेर प्रदेश सरकारको कामलाई सहज बनाउने काममा संघीय सरकार लागि पर्ने मन्त्री खनालले बताए । मन्त्री खनालले साना किसानलाई सोझै अनुदान पाउने व्यवस्था हुने गरी कार्य्विधि बनाउन लागिएको पनि बताएका छन् । उनले सरकारले कृषिमा आत्मनिर्भर बनाउन आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता दोहोराएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्