केपी ओलीलाई योगेश भट्टराईको यस्तो जबाफ



सैघाली खबर,
काठमाडौँ ६ जेठ। नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले नवगठित पार्टीमा नेताहरुको जिम्मेवारी बाँडफाँट गर्न बाँकी रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता भट्टराईले अहिलेको नेतृत्वले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ भने पनि केपी ओली र प्रचण्ड नै अभिभावकको भूमिका रहेको बताए ।

जेट बिमानमा दुई जना मात्रै पाइलट हुन्छन् भन्ने नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई उनको जबाफ छ “सिङ्गल इन्जिनवाला विमान होइन । जेट विमान हो । दुईजना मात्रै पाइलट हुँदैनन् । छेउमा अरु पनि हुन्छन् । सबैको निगरानी भइरन्छ ।” भट्टराईले बताए ।

जेट विमान चलाउनका लागि ओली र प्रचण्ड अहिले अभ्यासको चरणमा रहेको उनले बताए । आफूहरु पनि पाइलटकै भूमिकामा ओली र प्रचण्डसँगै रहेको उनको तर्क छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्