४७ स्थानको गणनाः अहिलेसम्म काँग्रेस पहिलो, एमाले दोस्रो स्थानमा (ताजा अपडेट)



काठमाडौँ, १५ असार । दोस्रो चरणको चुनावको जारी मतगणनामा अहिलेसम्म काँग्रेसले अग्रता लिइरहेको छ । प्रदेश नम्बर १, ५ र ७ को ३३४ स्थानीय तहमध्ये अहिले ४७ को मतगणना भइरहेको छ।

प्रारम्भिक मतपरिणाम अनुसार, नेपाली काँग्रेसले तीन वटै प्रदेशमा अग्रता लिइरहेको छ । काँग्रेस १८ र एमाले १७ स्थानीय तहमा अगाडि देखिएका छन् । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९ स्थानीय तहमा अग्रता लिइरहेको छ ।

नेपाल लोकतान्त्रिक फोरमले पनि तीन स्थानमा अग्रता लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्