राष्ट्रिय जनमोर्चाको नीति कार्यक्रम मोदी भत्र्सना देखि किसानलाई सर्भसुलभमा बिउ मल वितरण गराउँने सम्म



 

सैघाली खबर,
दाङ ६ जेठ । राष्ट्रिय जनमोर्चा दाङले आफ्ना कार्यक्रम सार्वजनिक गरेको छ । आईतवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी नीति कार्यक्रम सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले गत जेठ २८ गते भारतीय नेपाल र नेपाली जनताको स्वाभीमान माथी आँचपुग्ने गरी भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको नागरिक अभिनन्दनको भत्र्सना गर्नु भएको छ । राष्ट्रिय जनमोर्चा दाङको चौथो अधिवेशनले जिल्ला सम्मेलनले पारित गरेका कार्यक्रम सार्वजनिक गर्दै उहाँले सरकारले किसानलाई सर्भसुलभमा बिउ मल वितरण गराउन समेत आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै आगामी श्रावन मसान्त सम्म सागठनिक कार्यका साथै राष्ट्रियता र संघियताको बिषयमा जनजागरण तथा प्रचारात्मक कार्यक्रम सञ्चालन गर्ने, पर्याबरणको समस्या न्युनिकरण गर्न कार्यक्रम संचालन गर्ने । सैद्धान्तिक राजनैतिक चेतना अभिबृद्धी गर्ने कार्यर्कता तथा जनस्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । पत्रकार सम्मेलन राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यका अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्