सैघाली खबर
काठमाडौं,७ जेठ
सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम सोमबार ल्याउँदै छ। पाँच वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर दोहोरो अंक पुर्याउने लक्ष्यसहित सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो। आइतबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो। सरकारले नयाँ नीति तथा कार्यक्रम स्वीकृत गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा सोमबार सार्वजनिक गर्न लागेकी हुन्। चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर लक्ष्य ६.९ प्रतिशत छ।
अब सरकारले पाँच वर्षमा यो आर्थिक वृद्धिदरको लक्ष्य दोहोरो अंकमा पुर्याउनेगरी आर्थिक वर्ष ०७५्/७६ को नीति तथा कार्यक्रम ल्याउने भएको हो। सरकारले नीति तथा कार्यक्रममा उत्पादनशील रोजगारीमूलक र न्यायपूर्ण वितरणसहित दोहोरो आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेको छ। नेकपा नेतृत्वको सरकारले अघि सारेको विकास, सुशासन र आर्थिक समृद्धिको प्रमुख एजेन्डालाई मूर्तरूप दिनेगरी नीति तथा कार्यक्रम ल्याउन लागिएको जनाइएको छ।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।