तीन महिना भित्र एकिकरणको सम्पुर्णकाम पुरा गर्छाै – ज्ञवाली



दाङ,७ जेठ । नेपाल कम्युुनिष्ट पार्टीका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले तीन महिना भित्र एकिकरणको सम्पुर्णकाम पुरा हुने वताउँनु भएको छ । प्रेस सेन्टर र प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको संयुक्त रुपमा पत्रकार भेटघाट बोल्दै ज्ञवालीले यस्तो वताउँनु भएको हो । छिट्टै स्थायी कमिटीको बैठक बसी सम्पूर्ण संघ संगठनको एकिकरणको काम टुङग्याउने वताउँनुभयो । पत्रकार भेटघाट कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका ज्ञवालीले पार्टी एकताले समाजबादमा पुग्ने वातावरण तयार भएको बताउँनुभयो ।

कम्युनिष्ट पार्टीको अबसान अहंकार बाट हुने वताउँदै सम्पूर्ण कार्यकता सचेत बन्नुपर्नै वताउँनुभयो । कम्युनिष्ट पहिलो लक्ष्य भनेको समाजबाद र साम्यबाद भएको वताउँदै त्यसका लागि सबै कार्यकता समाजबादको आन्दोलनमा लाग्नु पर्ने वताउँनुभयो । नेपालमा नयाँ अध्यायको सुरुवात भएको वताउँदै कुनै दिन नेपालमा साम्यबाद आएरै छाड्ने वताउँनुभयो । पत्रकार भेटघाट कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएको ज्ञवालीले संसारमा ईतिहासकै नेपालका कम्युनिष्ट पार्टीले दुई तिहाई मत पाएको पहिलो घटना भएको समेत बताउँनुभयो । प्रेस चौतारी दाङका अध्यक्ष जे.एन. सागरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रेस सेन्टरका सचिव पाण्डव शर्माले गर्नु भएको थियो । भने स्वागत प्रेस सेन्टरका अध्यक्ष प्रकाश चौधरीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्