महिला जतिसबै जग्गाको मालिक



 

दीपक बोहरा
दाङ ७ जेठ । पछिल्लो समय तुलसीपुरमा महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको हो । महिलाको नाममा जग्गा दर्ता गर्ने महिलाको संख्या बढ्दै गईरहेको मालपोत कार्यालय तुलसीपुरले जानकारी दिएको छ । मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काका अनुसार चालु आर्थिक बर्षको अहिले सम्म चार हजारबढी महिलाको नाममा जग्गा दर्ता भएको छ ।

 

यस्तै चालु आर्थिकवर्ष २०७४/ ०७५ को चैतसम्म सातहजार सातसय ४३ जग्गा दर्ता भएको मध्य चार हजार ६४ महिलाको नाममा जग्गा दर्ता भएको हो । यो तथ्याङकलाई हेर्दा पुरुषको तुलनामा महिलाको नाममा बढि जग्गा दर्ता हुने गरेको छ । मालपोत कार्यालय तुलसीपुरका प्रमुख खड्काका अनुसार महिलाको नाममा जग्गा दर्ता हुँदा राजश्वमा छुट हुने भएपछि महिलाको नाममा जग्गा दर्ता गर्नेक्र बढेको हो । त्यस्तै आर्थिकबर्ष २०७२/०७३ नौ हजार तीन सय दुई मध्ये चार हजार तीनसय ४२ महिलाको नाममा जग्गा दर्ता भएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७३ / ०७४ मा १० हजार तीन सय ७० जग्गा दर्ता भएको मध्य पाँच हजार दुई सय ६३ महिलाको नाममा जग्गा दर्ता भएको छ । महिलाहरुमा सचेतना बढ्नु, वैदेशीक रोजगारका श्रीमान बिदेश जाँदा श्रीमतीले जग्गाको कारोबारो गर्नुजस्ता कारणले महिलाको नाममा जग्गा दर्ता गर्ने क्रम बढेको उनले बताए । त्यस्तै महिलाको अधिकार सम्बन्धमा सम्पति माथिको अधिकार संबिधातथा तथा मुलुकीऐनलगाएतका कानूनहरुमा परीमार्जीत हुँदै जानु ,उमेर पुगेका छोरीले अंश प्राप्त गर्नु, श्रीमान/ श्रीमतीबीचको वेमेलका कारण भएको अँश बण्डा गर्नु, सम्बन्ध बिच्छेद गर्दा अंशबण्डा लिएर जानुजस्ता कारणले महिलाको नाममा जग्गादर्ता बढेको उनले बताए ।

 

त्यस्तै महिला र पुरुष दुबैको नाममा जग्गा दर्ता गर्नुलगायतका कारणले महिलाको नाममा जग्गा दर्ता गर्ने बढेको उनले बाए । साथै महिलाको नाममा जग्गा दर्ता हुने महिलामाथि हुने हिंसा अन्त्य हुने उनले बताए । महिलामाथिको नाममा जग्गा दर्ता हुनु सकारात्मक भएको समेत उनले बताए । यो कार्यलाई अझै ब्यापक बनाउनु पर्ने बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्