अस्पतालमा औषधी छैन, बिरामीको यस्तो छ अवस्था…….



सैघाली खबर/लमजुङ, ७ जेठ।
लमजुङको एकमात्रै सरकारी अस्पताल सुन्दरबजार अस्पतालमा यतिबेला औषधि छैन । औषधिको अभाव भएपछि बिरामीलाई समस्या पर्न थालेको छ । अस्पतालका इन्चार्ज एवम् सूचना अधिकारी दीपक पण्डितका अनुसार अस्पतालमा एमोक्सोसिलिन, क्लोक्सासिलिन, मेटफर्मिन, डाईजिनलगायतका औषधिको अभाव भएको हो ।

अभाव भएका औषधि खरिदका लागि टेण्डर प्रकृया अघि बढेको र छिट्टै औषधि आइपुग्ने अस्पतालले जनाएपनि औषधि कहिले आउने भन्ने अहिलेसम्म टुंगो छैन । अस्पतालमा दैनिक ७० देखि ८० जनासम्म बिरामी उपचारका लागि आउने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा विशेषज्ञसहितको चौबिसै घण्टा स्वास्थ्य सेवा सञ्चालनमा छ । उपचारका लागि लमजुङसहित तनहुँ र गोर्खाबाट समेत बिरामीहरु अस्पतालमा आउँछन् । अस्पतालका इन्चार्ज पण्डितका अनुसार अहिले झाडापखाला, ज्वरो, रुघाखोकी बिरामीहरु बढी मात्रामा उपचारका लागि आउने गरेका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्