अन्तर्राष्ट्रिय

विषाक्त मदिराले १२ जनाको ज्यान लियो ।।

By थाहा अनलाइन

May 21, 2018

सैघाली खबर/काठमाण्डौं, ७ जेठ । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण कयौं बिरामी परेका छन् । मदिरा सेवनबाट धेरै मानिसको मृत्यु भएपछि प्रहरीले मदिरा बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ ।

यसैबीच कानपुर सरकारले मृतकका परिवारलाई दुई/दुई लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेको छ । कानपुरका अधिकांश मदिरा पसलमा विषाक्त मदिरा बेचेको पाइएकाले थप अनुसन्धान भइरहेको जनाइएको छ । भारतका विभिन्न जिल्लामा विषाक्त मदिरा सेवनका कारण वर्षेनी कयौंको ज्यान जाने गरको छ ।।