यौन सम्बन्धी अहिलेसम्मकै अनौठा ५ अध्ययन ।।



सैघाली खबर/काठमाण्डौँ, जेठ।
यौनका विषयमा भएका जुनसुकै अध्ययन अनुसन्धान तथा सर्वेक्षणहरुमा हाम्रो यतिधेरै रुची किन हुन्छ होला ? यो मानव स्वभाव होला । तथ्यले नै बताउँछ की दुनियामा सबैभन्दा धेरै बिक्ने चिज भनेकै सेक्स र अपराधको विषय हो । सायद त्यहीँ बिकाउ चिज भएर होला दुनियामा यौनका विषयलाई लिएर अनगिन्ती अध्ययन अनुसन्धान भएका छन् ती मध्ये कतिपय केवल प्रचारबाजीका लागि मात्र समेत हुने गरेका छन् । कतिपय अध्ययन र त्यसका निष्कर्ष त सुन्दैमा हाँसो उठ्ने खालका हुन्छन् । विश्वमा भएका सेक्स सम्बन्धि पाँचवटा अध्ययन तथा त्यसका निष्कर्ष यस्ता छन् ।

१. इन्टरनेटको आधा खर्च सेक्समै
विश्वास गर्नुस् नगर्नुस् । सन् २००५ मा भएको एक अध्ययन अनुसार इन्टरनेट प्रयोगकर्ताले इन्टरनेटमा खर्चिने मध्ये आधा भन्दा बढि रकम सेक्स सँग सम्बन्धित सामाग्रीमा गर्दछन् । इन्टरनेटमा पैसा तिरेर हेर्नुपर्ने भिडियो, फोटो तथा म्यागेजिन लगायतमा मानिसले यतिधेरै खर्च गर्दछन् की त्यो खर्च विश्वमा इन्टरनेटमा गरिने पूरै खर्चको आधा हुन आउँछ । यो सम्बन्धि अध्ययन सेक्सुअल एडिक्सन एण्ड कम्पल्सिटी जर्नलमा छापिएको थियो ।।

२. भैपरी आउने सेक्स स्वास्थ्यका लागि फाइदाजनक
यौन सम्पर्क पूर्वयोजनाबद्ध भन्दा भैपरी भयो भने त्यो बढि सन्तुष्टिदायी तथा फाइदाजनक हुने एक अनुसन्धानले देखाएको छ । अमेरिकाको न्युयोर्क युनिभर्सिटी तथा कर्नेल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुका अनुसार भैपरी तथा अनौपचारिक सेक्सले निरासा तथा डिप्रेसन घटाउने तथा आत्मविश्वास बढाउने काम गर्दछ ।।

३. पुरुषले खानुपर्छ फर्सी, कारण हाँसोउठ्दो पो छ
अमेरिकाको दी स्मेल एण्ड टेष्ट ट्रिटमेन्ट एण्ड रिसर्च फाउण्डेसनले गरेको अध्ययनले एउटा रोचक तथ्य पत्ता लगायो, जुन हाँसोउठ्दो पनि छ । उक्त अध्ययन अनुसार फर्सीको गन्धले पुरुषमा उत्तेजना बढाउँछ । फर्सीको गन्धले पुरुषको लिंगमा रक्तप्रवाह बढाउँछ । त्यसैले लिंग उत्तेजना नहुने समस्या रहेका पुरुषहरुले आफ्नो दैनिक भोजनमा फर्सीलाई समावेश गराउनु आवश्यक हुन्छ ।।

४. लामो लिंग हुने पुरुषलाई श्रीमतीले धोका दिने
हाँसोउठ्दो तर सत्य । पब्लिक लाइब्रेरी अफ साइन्स जर्नलमा छापिएको शोध अनुसार पुरुषको लिंग जति लामो भयो उसलाई उसकी श्रीमतीले धोका दिने जोखिम उति नै बढि हुन्छ । बढि ठूलो आकारको यौनांग भएका श्रीमानका कारण श्रीमतीहरु दैनिक रुपमा त्रसित हुने र पीडा भोग्नु पर्नाका कारणले उनीहरुले सानो हतियारवाला पुरुषको खोजी गर्ने अध्ययनको निष्कर्ष छ ।।

५. घरयासी धन्दा छाड्नुस्
यसअघिका अध्ययनहरुले घरको काममा श्रीमतीलाई सघाउने पुरुषहरुको यौन जिवन सुखी हुने र त्यस्ता दम्पतिहरुको यौन सन्तुष्टि बढि प्राप्त गर्ने देखाएका थिए । तर अमेरिकन सोसियोलोजिकल रिभ्यु जर्नलमा हालै छापिएको शोधले भने यसलाई गलत सावित गरेको छ । अमेरिकी शोध अनुसार श्रीमान–श्रीमतीले घरायासी कामधन्दा जति धेरै शेयर गर्छन् उनीहरुबीच उति नै कम सम्भोग हुन्छ । अर्थात् घरमा प्रायः महिलाले गर्ने कामहरु जस्तै सरसफाइ तथा भान्साको काम गर्ने पुरुषहरुले आफ्नी श्रीमतीसँग कम सहवास गर्दछन्न् । घरायासी धन्दा नगर्ने पुरुषहरुको तुलनामा ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्