नौ महिनादेखि तलब नपाएको गुनासो



सैघाली खबर,
रुकुम, ७ जेठ ,रासस। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा कार्यरत कर्मचारीले नौ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत नगर्दा उनीहरुले तलब नपाएको गाउँपालिकाले जनाएको छ । गत असोजमा वडाध्यक्षको सहयोगी रहने र वडा कार्यालयमा लेखापढी ९अन्य कामकाज० गर्ने गरी यहाँका १४ वडामा एक–एकजना सहयोगी नियुक्ति गरिएको थियो ।

उक्त गाउँपालिकाका लेखापाल शिवराम खड्काले आफू बिरामी भएर जिल्ला बाहिर भएको र उनीहरूको नियुक्ति पनि प्रकृयागत ढङ्ले नभएको गुनासो आएकाले तलब दिन कठिनाइ भएको बताउनुभयो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक रावतले उनीहरूलाई तलब खुवाउन आनाकानी गरेको गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्तीले बताउनुभयो । आफूलाई दैनिक रु ७५९ दिने सहमति भए पनि हालसम्म कुनै रकम नपाएको अध्यक्षका स्वकीय सचिव उज्ज्वल सेनले जानकारी दिनुभयो ।
–––

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्