सीमावर्ती क्षेत्रका १६ सीमा स्तम्भ गायव, के छ त प्रहरीको प्रतिवेदनमा ?



सैघाली खबर/पाँचथर, ७ जेठ।
नेपाल भारतसँगको सिमाना जोडिएको पाँचथरको सीमावर्ती क्षेत्रमा १०३ साना पिल्लरमध्ये १६ वटा गायब भएको पाइएको छ । सीमामा १०३ साना पिल्लरमध्ये ८७ वटा मात्र भेटिए । चार वटा पिल्लर गाडिएको स्थानसमेत फेला परेन । बाह्रवटा पिल्लर राखिएको ठाउँ फेला परे पनि सीमा स्तम्भ भने नभेटिएको र भेटिएका ८७ पिल्लर मर्मत गर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए ।

उनका अनुसार त्यस ठाउँमा नेपाल प्रहरीको टोलीले स्थलगत अवलोकन गर्दा पिल्लरको अवस्था यस्तो रहेको जनाएको हो । जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने नौ जंगे पिल्लर भने भेटिएका छन् । तीमध्ये दुई पिल्लर जीर्ण छन् एउटा जंगे पिल्लर पहिरोका कारण जोखिममा परेको पाइएको अवलोकन र अवलोकन गरी फर्किएका प्रहरी हबलदार काजीमान लिम्बूले बताएका छन् ।

उनका अनुसार जिल्लाको सीमावर्ती क्षेत्रमा एउटा मात्र मझौला पिल्लर छ, त्यो पनि मर्मत गर्नुपर्ने देखिएको छ । पाँचथरमा पर्ने सीमा स्तम्भको जिल्ला प्रहरी कार्यालयका प्रहरी हबल्दार काजीमान लिम्बू र प्रहरी जवान चन्द्र चौहानले अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा पिल्लर नं ३५/१, ३७, ३८, ४३ र ४३/३ गरी जम्मा पाँच वटा पिल्लरको अवस्था अज्ञात रहेको, पिल्लर नं. ३९ र ४० फेला नपरेको तर पिल्लर रहेको स्थान (खाल्डो) देखिने, पिल्लर नं ३६ र ४३/१ भाँच्चिएको अवस्थामा गाडिएको फेला परेको प्रहरी हबलदार लिम्बूले बताए । पिल्लर ४१ र ४२÷१को नम्बर नबुझिने गरी सिमेन्ट उक्किएर मर्मत गर्नुपर्ने अवस्थामा रहेको, पिल्लर नं ४१/१, ४३/२, ४४/१, ४४/२ सामान्य अवस्थामा रहेको पाइएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्