सैघाली खबर,
रुपन्देही, ७ जेठ ।– रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–११, मसिनामा पोखरीमा डुबेर चारजना बालिकाको ज्यान गएको छ ।
नुहाउन पोखरीमा गएका मसिनाका ९ वर्षकी अविदा खतुन, १० वर्षकी साहिमा खातुन र मुविना खातुन तथा १४ वर्षकी साहिया खातुनको ज्यान गएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
लुम्बिनीबाट ४ किलोमिटर पश्चिममा पर्ने पोखरीमा बालिका डुबेको देखेपछि स्थानीय वडाअध्यक्ष अरामुद्धिन खाँले प्रहरीलाई खबर गरेपछि उनीहरुको शव पोखरीबाट निकालेको प्रहरीले जनाएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।