सबैले बाहिर मात्रै हेरे, भित्रि क्षमतालाई चिन्नै सकेनन् ।। (भिडियो)



सैघाली खबर/काठमाण्डौँ, जेठ।
आँखाको ज्योती गुमेपनि आशाको ज्योती भने निकै ठुलो छ जिबन बानियाको । सानो हुँदा आँखा देख्थे जिबन । जब ४ बर्षका भए त्यसपछि उनको आँखाको ज्योती गुम्यो । जिबन आँखा त देख्दैनन् तर उनको क्षमता भने कुनै आँखा देख्नेहरुको भन्दा कम छैन । जिबन फेसबुक चलाउछन् । भाईबर चलाउछन् । अन्य सामाजिक सञ्जालहरुमा पनि उत्तिकै क्रियाशिल छन् ।

जिबन रत्न राज्य लक्ष्मी कलेजमा पत्रकारिता बिषय लिएर ब्याचुलर प्रथम बर्ष अध्ययनरत पनि छन् । दृष्टिबिहिनहरुलाई राज्यले बेवास्ता गर्ने गरेको जिबनको गुनासो छ । जिवन भन्छन् राज्यले वेवास्ता गर्दा दृष्टिबिहिनहरु बिभिन्न चोक–चोकमा अब्यवस्थित रुपमा गित गाईरहेका छन् । यदि राज्यले उनिहरुकोे प्रतिभालाई मुल्याङकन गर्ने र उचित स्थान दिने हो भने कुनै पनि दृष्टिबिहिनहरु बेरोजगार हुन नपर्ने जिबनको बुझाई छ ।

जिबन भन्छन्, ‘आँखा देख्दैन तर गित गाउन सक्छ भने त्यसलाई राज्यले उचित स्थान दिनु पर्यो, चोक–चोकमा गित गाउनु भएन ।’ अपाङ्गता भएका ब्यक्तिहरुलाई सबैले बिश्वास नगर्ने उनको भनाई छ । आफै त अपाङ्ग छ, यस्ले के गर्न सक्ला ? भन्नेहरु पनि धेरै भएको उनि बताउछन् । जिबन फेरी भन्छन् ‘सबैले बाहिर मात्रै हेर्छन्, भित्रि क्षमतालाई चिन्नै सक्दैनन्’ ।

जिबनलाई सञ्चार माध्यममा काम गर्ने ठुलो रहर छ । तर आँखा नदेखेकै कारण आफु सञ्चार क्षेत्रमा अटाउन नसकेको अनुभव सुनाउछन् । उनि भन्छन् ‘नाम चलेकै बिभिन्न संञ्चार माध्यममा कामका लागि अप्लाई गरे तर सबैले आश्वासन मात्रै दिए, मेरो क्षमता कसैले देखेनन् ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्