कुराकानी

सबैले बाहिर मात्रै हेरे, भित्रि क्षमतालाई चिन्नै सकेनन् ।। (भिडियो)

By थाहा अनलाइन

May 21, 2018

सैघाली खबर/काठमाण्डौँ, जेठ। आँखाको ज्योती गुमेपनि आशाको ज्योती भने निकै ठुलो छ जिबन बानियाको । सानो हुँदा आँखा देख्थे जिबन । जब ४ बर्षका भए त्यसपछि उनको आँखाको ज्योती गुम्यो । जिबन आँखा त देख्दैनन् तर उनको क्षमता भने कुनै आँखा देख्नेहरुको भन्दा कम छैन । जिबन फेसबुक चलाउछन् । भाईबर चलाउछन् । अन्य सामाजिक सञ्जालहरुमा पनि उत्तिकै क्रियाशिल छन् ।

जिबन रत्न राज्य लक्ष्मी कलेजमा पत्रकारिता बिषय लिएर ब्याचुलर प्रथम बर्ष अध्ययनरत पनि छन् । दृष्टिबिहिनहरुलाई राज्यले बेवास्ता गर्ने गरेको जिबनको गुनासो छ । जिवन भन्छन् राज्यले वेवास्ता गर्दा दृष्टिबिहिनहरु बिभिन्न चोक–चोकमा अब्यवस्थित रुपमा गित गाईरहेका छन् । यदि राज्यले उनिहरुकोे प्रतिभालाई मुल्याङकन गर्ने र उचित स्थान दिने हो भने कुनै पनि दृष्टिबिहिनहरु बेरोजगार हुन नपर्ने जिबनको बुझाई छ ।

जिबन भन्छन्, ‘आँखा देख्दैन तर गित गाउन सक्छ भने त्यसलाई राज्यले उचित स्थान दिनु पर्यो, चोक–चोकमा गित गाउनु भएन ।’ अपाङ्गता भएका ब्यक्तिहरुलाई सबैले बिश्वास नगर्ने उनको भनाई छ । आफै त अपाङ्ग छ, यस्ले के गर्न सक्ला ? भन्नेहरु पनि धेरै भएको उनि बताउछन् । जिबन फेरी भन्छन् ‘सबैले बाहिर मात्रै हेर्छन्, भित्रि क्षमतालाई चिन्नै सक्दैनन्’ ।

जिबनलाई सञ्चार माध्यममा काम गर्ने ठुलो रहर छ । तर आँखा नदेखेकै कारण आफु सञ्चार क्षेत्रमा अटाउन नसकेको अनुभव सुनाउछन् । उनि भन्छन् ‘नाम चलेकै बिभिन्न संञ्चार माध्यममा कामका लागि अप्लाई गरे तर सबैले आश्वासन मात्रै दिए, मेरो क्षमता कसैले देखेनन् ।’