अबको पाँचबर्षमा प्रतिव्यक्ति आय दोब्बर हुने



काठमाण्डौ ७ जेठ । — सरकारले अगामी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । सोमबार प्रस्तुत गरिएको नीति र कार्यक्रममा अगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर दोहोरो अंकको नजिक पुर्‍याउने र पाँच वर्षमा दोहोरो अंक पुर्‍याउने उल्लेख गरेको हो ।  प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा नेपालीहरुको प्रतिव्यक्ति आयलाई पनि पाँच वर्षमा दोब्बर पुर्‍याउने पनि उल्लेख गरिएको छ।

मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै त्यसको समाधानको लागि आवश्यक कदमहरु चाल्ने सरकारले घोषणा गरेको छ।यसका लागि सरकारले सरकारी खर्चको नतिजा खोजिने र नतिजा प्राप्त नहुने क्षेत्रमा वजेट विनियोजन नगरिने उल्लेख गरेको छ। त्यसैगरी वित्तिय अनुशासनलाई प्रमुखता दिइने उल्लेख गरेको छ। त्यसैगरी आन्तरिक स्रोत परिचालनलाई प्राथमिता दिंदै उत्पादन बृद्धिलगायतका क्षेत्रमा पुँजी लगानी बढाइने पनि नीति तथा कार्यक्रममा छ।
त्यसैगरेर सरकारले सम्पत्ति सुद्धिकरणको क्षेत्रमा कठोर कदम चालिने पनि उल्लेख गरेको छ। त्यस्तै सबै नेपालीलाई बित्तिय पहुँचमा पुर्‍याउने र सबै प्रकारका संगठित संस्थाको भुक्तानीलाई बित्तिय संस्थामार्फत अनिवार्य गरिनेसमेत उल्लेख गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्