पोखरीमा डुबेर एउटै गाँउका ४ बालिकाको ज्यान गयो ।।



सैघाली खबर/लुम्बिनी, ७ जेठ।
रुपन्देहीको लुम्बिनी साँकृतिक नगरपालिका–११, मसिना–गडिदियास्थित नौखनिया पोखरीमा नुहाउनेक्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ । सोमबार दिनको साढे ११ बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षत्रीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा स्थानीय ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन् । बालिका डुबेको स्थान लुम्बिनीदेखि झन्डै चार किलोमिटर पश्चिम तथा स्थानीय गाउँदेखि एक किलोमिटर टाढा रहेको छ । वडा नम्बर–११ का अध्यक्ष अकरामद्धिन खाँनले पोखरीमा बालिकाहरु डुबेको देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उनीहरुलाई पोखरीबाट निकालेको थियो । उक्त पोखरी प्राकृतिक पोखरीकारुपमा रहेको र त्यस वरपर रहेका बालबालिका अरु समयमा पनि नुहाउन जाने गरेको स्थानीयले बताएका छन् । उनीहरुको मृत्युपछि लुम्बिनीको मसिना गाउँ शोकमा डुबेको छ । मृतक बालिकामध्ये दुईजना दाजुभाइका छोरी रहेको बुझिएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्