उच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई थुन्नु पर्ने कुनै कारण नभएको बताएका छ ।
सो पार्टीका कार्यकर्तालाई पक्राउ गरी थुनामा राख्नु गैरकानुनी भएको भन्दै सोमबार थुनामुक्त गर्न आदेश समेत गरेको छ ।
न्यायधीशद्धय ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त ईजलासले थुनामा राख्नुपर्ने कुनै कारण र आधार नदेखिएको भन्दै पक्राउ परेका ७ जनालाई थुनामुक्त गर्न आदेश गरेको हो ।
यसअघि सर्वोच्च अदालतले सरकारलाई सो पार्टीका कार्यकर्तालाई पक्राउ गर्नुको कारण बन्दीसहित अदालतमा उपस्थित हुन आदेश गरेको थियो । आजको नागरिक दैनिकमा यो खबर छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।